लायन्स न्यूरोड चौतारीद्धारा केदारेश्वर मन्दीरलाइ कम्प्युटर लगायतका सामाग्री हस्तान्तरण
तपाईको प्रतिक्रिया





लायन्स न्यूरोड चौतारीले पोखराको फेवाताल किनारास्थित रहेको केदारेश्वर मन्दीरलाइ कम्प्युटर, प्रिन्टर लगायतका सामाग्री हस्तान्तरण गरेको छ ।
लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ ‘जे’ नेपाल अन्तरगत रहेको लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले सोमबार साँझ मन्दीर प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी मन्दीर सचिवालत संचालनका लागि आवस्क कम्प्युटर, प्रिन्टर, स्क्यानर लगायतका सामाग्री हस्तान्तरण गरेको हो ।
क्लवले मन्दीरको सचिवालयका लागि आवस्यक कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानर, कप, प्लेट लगायतका सामाग्री उपलब्ध गराएको क्लवका अध्यक्ष अर्जुन पौडेलले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि एवं लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक ‘जे’ का चिफ एडभाइजर प्रजापति बास्तोलाले क्लवले मन्दीरमा खड्कीएको आवस्यकतालाइ मध्यनजर गरेर आवस्क सामाग्री प्रदान गरेकोमा प्रसांसा गरे । उनले लायन्स न्यूरोड चौतारीले विगतका दिनमा समाज सेवाका क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको बताए । चिफ एडभाइजर बास्तोलाले मन्दीरका लागि अन्य सहयोग आवस्यक परेको अवस्थामा लायन्सहरु सहयोग गर्न तयार गरेको बताए ।
बिशेष अतिथि एवं केदारेश्वर मन्दीर ब्यवस्थापन समितिका अध्यक्ष डा.लेखनाथ आचार्यले जहाँ आवस्यकता, त्यहाँ लायन्स भन्ने मान्यता अनुरुप न्यूरोड चौतारीले मन्दीरको सचिवालयका लागि आवस्यक सामग्री उपलब्ध गराएकोमा प्रसांसा गरे । उनले पवित्रमनले लायन्सहरुले शिक्षा, स्वास्थय, वतावरण, दैबिप्रकोप लगायतका ठाउँहरुमा पुगेर सहयोग गर्दे आएको उल्लेख गरे ।
कार्यक्रमको संयोजक एवं क्लवका पूर्व अध्यक्ष तुलसी प्रसाद पोखरेलले मन्दीरको सचिवालय संचालनका लागि आवस्यक सामाग्रीको अभाव खड्कीएको देखेपछि क्लवका तर्फबाट सहयोग गरिएको बताए ।
संयोजक पोखरेलले मन्दीरलाइ कम्प्युटर, फोटोकपी, प्रिन्टर, स्क्यानर लगायतका करिव १ लाख रुपैयाँका सामाग्री सहयोग गरेको जानकारी दिए । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष नगेन्द्र प्रसाद पोखरेलले धन्यवाद ब्याक्त गरेका थिए । मन्दीर ब्यवस्थापन समितिका उपाध्यक्ष मिना भट्टराई लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष अर्जुन पौडेलले गरेका थिए भने कार्यक्रम संचालन सचिब बेदप्रसाद (शंकर) अधिकारीले गरेका थिए ।
Related