• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लायन्स पोखरा ब्युटि सिटिको अवार्ड वितरण कार्यक्रम

  •    शुभेच्छा न्यूज  /२१ श्रावण २०८०, आईतवार १०:४९ ,  प्रकाशीत
  • लायन्स क्लब अफ पोखरा ब्युटि सिटिले अवार्ड वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

    लायन वर्ष २०२२ / २३ अध्यक्ष एवं अहिलेका जोन चेयर पर्सन लायन सवि शेरचनले विभिन्न कार्यक्रममा संयोजककीय जिम्मेवारी निर्वाह गरि कार्यकाल सफल बनाउन भूमिका निर्वाह गर्ने पदाधिकारी, संस्थाका संस्थापक, निर्वतमान अध्यक्ष एवं सल्लाहकार र अतिथिहरुलाई एक कार्यक्रमका बीच अवार्ड एवम मायाको चिनोबाट सम्मान अर्पण गरेकी हुन ।

    अध्यक्ष शेरचनले आफ्नो कार्यकालमा डिष्ट्रिकमा उत्कृष्ट क्लबको रुपमा परिचित गराउन प्रत्यक्ष र अप्रत्यक्ष रुपमा भुमिका खेल्नुहुने व्यत्तित्वहरुलाई अवार्ड वितरण गर्न पाउँदा खुशी लागेको बताइन । उनले भनिन् ‘कुनै पनि संस्थाले गति लिन र उद्देश्य हासिल गर्न टिमको साथ आवश्यक पर्छ । मेरो कार्यकाल सम्पन्न गर्न विभिन्न जिम्मेवारी लिएर सफल बनाउनु भयो । सम्पूर्ण लायन्स साथिहरु प्रति आभारी छु।’

    उनले आफ्नो कार्यकालमा तीन महिने कम्प्युटर तालिम, हंगर रिलिफ कार्यक्रम, रक्तदान, मधुमेह परिक्षण, नेतृत्व विकास तालिम, वृक्षा रोपण , छात्रवृत्ती लागि अक्षयकोष स्थापना, शैक्षिक सामग्री वितरण लगायत कामहरु गरेको जानकारी दिइन् । लायन्सको यात्राले आफुमा समाजसेवा प्रतिको सोचलाई अझ फरालो बनाउन सघाउ पु¥याएको उनको भनाइ छ ।

    अर्वाड वितरण कार्यक्रममा वर्ष २०२२/२३ का डिष्ट्रिक गर्भनर धुव्र श्रेष्ठले मानव सेवामा समर्पित लायन्स संसारकै पुरानो गरिमामय इतिहास बोकेको सामाजिक संस्था भएको बताए । उनले स्वार्थ भन्दा माथि उठेर समाजसेवामा जुटन लायनवादले प्रेरित लायन सदस्यहरु पछिल्लो समय नेतृत्व व्यक्तित्व विकास एवं सशक्तिकरण हुँदै अगाडि बढी रहेको बताए ।

    गभर्नर श्रेष्ठले लायन्स क्लबमा कुनै पनि राजनीति रंग र स्वार्थको गन्ध आउन दिन नहुने भन्दै सबैले निस्वार्थ भइ ‘हामी सेवा गर्छौ’ भन्ने भावनाबाट अघि बढ्नु पर्नेमा जोड दिए । लायन्सको उद्देश्यलाई सार्थक पार्न लायन्स क्लब अफ पोखरा ब्युटि सिटि सफल भएको भन्दै उनले आगामी नेतृत्वलाई पनि उदाहरणीय कार्यका लागि शुभकामना दिए ।

    तिज फेलोशिप चिफ तथा क्लबका संस्थापक अध्यक्ष चिनु गुरुङ,उत्कृष्ट क्लबको रुपमा चिनाउन सफल भएकोमा अध्यक्ष सवि शेरचनलाई बधाइ ज्ञापन गर्दै सम्मान गरेकी थिइन ।

    कार्यक्रममा डिष्ट्रिक सेक्रटरी मधुसुदन कोइराला, डिष्ट्रिक को –चिफ एडभाइजर विमला श्रेष्ठ, मोडल भिलेज चिफ देवकुमारी हिराचन, सिनियर एडभाइजर शिला अधिकारी, लायन वर्ष २२ ÷२३ का जोन चेयर पर्सन महेश श्रेष्ठ लगायतले आफ्नो धारणाहरु राखेका थिए ।

    कार्यक्रम वर्ष २०२३ ÷२४ का अध्यक्ष दुर्गा मर्सानीको अध्यक्षता र संचालन क्लबका सचिव राधा श्रेष्ठले गरेका थिए । त्यस्तै झण्डाको अभिवादन द्धितीय उपाध्यक्ष लायन कल्पना सिग्देल गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.