दुई सातापछि पोखरा महानगरपालिकाले फोहोर पोखरा ३२ लामेआहालमा रहेको अस्थायी ल्यान्डफिलमै विसर्जन गर्न सुरु गरेको छ ।
महानगरपालिकाले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी मंगलबारदेखि फोहोर फाल्न सुरु गरेको हो । स्थानीयले महानगरपालिकाले १६ बुँदै सम्झौता पालना नगरेको भन्दै साउन १० बाट फोहोर फाल्न अवरोध पुर्याएका थिए ।
महानगरपालिकाले फोहोर फाल्नेबित्तिकै माटोले नपुरेको, दूर्गन्ध हटाउने रसायन नछरेको, निर्माण कार्य सम्झौताबमोजिम नगरेको स्थानीयको आरोप छ ।
फोहोर व्यवस्थापन गर्दा लापरवाही गरिएको, दुर्गन्ध फैलिएको तथा पूर्वाधार निर्माणमा महानगरले ध्यान नदिएको स्थानीयले अवरोध गरेका थिए ।
महानगरपालिका र स्थानीयबीच पटकपटकको छलफलमा स्थानीयले फोहोर फाल्न नदिने अडान दोहोर्याउँदै आएका थिए ।
प्रभावित स्थानीयले फोहोर फाल्न रोक लगाउन अन्तरिम आदेशको माग गर्दै उच्च अदालत पोखरामा रिट समेत दायर गरे । अदालतले आइतबार हाललाई अन्तरिम आदेश जारी गर्नु नपर्ने जनाउँदै भदौ १९ लाई अर्को पेसी तोकेको थियो ।
अदालतको उक्त आदेशपछि फोहोर फाल्ने कानुनी बाटो खुलेसँगै जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले लामेआहालमै फोहोर फाल्ने र स्थानीयले अवरोध गरे सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।
गत पुस १७ गतेदेखि पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरा १४ मा रहेको ल्यान्डफिल साइडमा विसर्जनहुँदै आएको फोहोर आमेआहालमा व्यवस्थापन गर्न थालिएको हो ।
महानगरपालिकाले पोखरा ३३ मा स्थायी ल्यान्डफिल साइड बनाउने निर्णय गरेपनि त्यसको कामले गति लिएको छैन ।

Related