काठमाडौंबाट पोखरा आएको बस चेकजाँचको क्रममा सुन जस्तो देखिने पहेँलो धातुसहित एक महिला पक्राउ परेकी छन् ।
बिहीबार बिहान एक महिलालाइ चेक जाँचका क्रममा प्रहरीले भित्री वस्त्र (ब्रा) भित्र लुकाएको २८० ग्राम २९ मिलिग्रामको सुनको बिस्कुटसहित औंठी बरामद गरेको हो।
काठमाडौंबाट पोखरा आएको ग १ ख ९९४४ नम्बरको बसमा यात्रारत काठमाडौं जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरुङबाट सुन बरामद गरेको हो।
विशेष सूचनाका आधारमा पोखरा बसपार्क पुगेर बसबाट झर्नासाथ ती महिलाको शरीर खानतलासी गर्दा ‘सुनजस्तो देखिने’ धातु भेटिएको प्रहरीले जनाएको छ ।
महिलाबाट बरामद सुन पोखराको कुनै सुनचाँदी व्यवसायीका लागि कसैले पठाएको हुनसक्ने प्रहरी स्रोतको भनाइ छ।
प्रहरीले यसअघि पनि बसयात्रीबाट पटकपटक सुन बरामद गरेको छ। अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related