डिजेल चोरी गरी बिक्री गरेको आरोप लागेका नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयका प्रमुख चित्तरञ्जन दास निलम्बनमा परेका छन ।
दासलाई घटनाको छानबिन नसकिँदासम्मका लागि निगम गण्डकी प्रदेश कार्यालय प्रमुखबाट निलम्बन गरिएको हो ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयबाट छानबिनका लागि अख्तियारमा पत्र पठाएकाले छानबिन नसकिँदासम्मका लागि दासलाई निलम्बन गरिएको हो ।
निगमको डिपोबाट डिजेल लोड गरी पश्चिमाञ्चल पेट्रोल पम्पमा लैजाँदै गरेको ग २ ख ८३६ नम्बरको ट्यांकर कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको आदेशमा नियन्त्रणमा लिएको थियो ।
१२ हजार लिटर क्षमताको उक्त ट्यांकरमा ३ हजार लिटर थप इन्धन चोरी गरी बिक्री गर्न पठाइएको थियो । पक्राउ गरिएको ट्यांकर डाँडाकोनाक चौकीमा राखिएको र जिल्ला प्रशासन, नापतौल कार्यालय र आयल निगमले संयुक्त रुपमा नापजाँच गर्दा ३ हजार लिटर बढी इन्धन भेटिएको थियो ।
घटनापछि फरार उनी आयल निगमको पनि सम्पर्कमा नरहेको बताइएको छ । कम परिमाणको बिल जारी गरेर धेरै इन्धन बिक्री गरेको सूचनापछि कारबाही अघि बढाइएको हो ।
डिपोबाट बिक्री हुने इन्धनको नापजाँच गर्न ९डिप लिने० कार्यालयका अपरेसन इन्चार्ज परशुराम अधिकारीलाई नदिई दासले आफै गर्ने गरेका थिए ।
बिहीबार नियन्त्रण गरिएको ट्यांकरको चलान, बिल र गेटपास समेत दासले आफै सही गरेर पठाएका थिए ।

Related