पोखरा पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको प्रतिमा हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पुत्ला दहन गरेको छ ।
बिहीबार आदिवासी दिवसका दिन पृथ्वीनारायण शाहको शालिकसँगै राखिएको प्रतिमा हटाइएको भन्दै राप्रपाको कास्की जिल्ला समितिले पुत्ला जलाएको हो ।
महानगरले प्रतिमा हटाउने जानकारी पाएपछि राप्रपा गण्डकी प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य पन्चराम गुरुङसहित राप्रपाका नेता कार्यकर्ता पृथ्वीचोकमा धर्ना बसेपनि उनीहरु फर्केपछि मध्यराति महानगरले प्रतिमा हटाएको थियो ।
राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले मेयर धनराज आचार्यले देश एकीकरण गर्ने राष्ट्रनिर्मातालाई अपमान गर्ने काम गरेका बताउदै पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै सालिक हुनुपर्ने उल्लेख गरे ।
मसाल जुलुससहित मेयरविरुद्ध नारा लगाउँदै पुत्ला जलाएको राप्रपाले निरन्तर आन्दोलन गर्ने चेतावनी दिएको छ ।
मेयर आचार्यले सर्वदलीय बैठकको निर्णय अनुसार पृथ्वीनारायणको प्रतिमा हटाएको बताएका छन् ।

Related