• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सांसद कार्कीद्धारा हालसम्म उपलब्धि सार्बजनिक, दर्जनौ योजना छनौट

  •    शुभेच्छा न्यूज  /२८ श्रावण २०८०, आईतवार २१:२८ ,  प्रकाशीत
  • गण्डकी प्रदेश सभामा कास्की क्षेत्र न २ ९१० बाट निर्बाचित साम्सद भिम बहादुर कार्किले आफू निर्बाचित भएदेखि सम्पादन गरेका उपलब्धिहरु सार्बजनिक गरेका छन ।

    प्रेस चौतारी नेपाल कास्कीले आयोजना गरेको पत्रकार भेटघाट मार्फत उहाले सो विवरण सार्बजनिक गरेका हुन ।

    सांसद कार्कीले मतदाताहरुले गरेको विश्वासकै आधारमा प्रदेश सभा सदस्यका रुपमा आफ्नो कर्तव्य निर्वाह गर्दै आएको बताउदै राजनीतिकज्ञले राष्ट्र र जनतालाई प्राथमिकतामा राखेर कार्य गरेको उल्लेख गरे ।

    कार्किले निर्वाचित भएरपछि संसदका विभिन्न बैठकमा आफुनो क्षेत्रका जनताका समस्याहरु राख्ने गरेको बताए । उनले संसदमा आपूmले ,विकास निर्माण, समृद्धि र जनताको जीवनस्तर उकास्न नियमितरुपमा आवाज उठाउदै आएको बताए ।

    सांसद कार्कीले प्रदेश सभाका बैठकहरुमा समेत नियमित उपस्थित हुदै आएको बताउँदै नीति निर्माणका कार्यमा समेत सक्रिय सहभागिता जनाएको बताए ।

    उनले आफ्नो एकमात्रै ध्यान सरकारलाई जनताका अपेक्षा पूरा गराउन केन्द्रित गर्ने रहेको उल्लेख गर्दै निर्वाचित भएरपछि प्रदेश सभाले प्रथम अधिवेशनबाट स्विकृत अध्यादेशहरु २ वटा, विधेयकहरु ४ वटा रहेको ,चौंथो अधिवेशनबाट पारित विधेयकहरु २ वटा रहेको बताए ।

    सांसद कार्कीले गण्डकी प्रदेशसभा नियमावली मस्यौदा समितिमा सदस्य रही काम गर्दै आइरहेको बताउँदै सो नियमावली मस्यौदा समितिको १८ वटा बैठकहरु सम्पन्न गरी ,मस्यौदातयार पारेर प्रदेश सभाबाट पारित गरिएको बताए ।

    सांसद कार्कीले गत आर्थिक बर्षमा आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत छनोट भएका योजना र बिनियोजित बजेटको समेत सार्बजनिकिकरण गरे । उनले छनोट भएका सम्पूर्ण योजनाहरुको शत प्रतिसत काम निर्धारित समयमा नै सम्पन्न भएको जानकारी दिए ।

    ५० लाखको लागतमा पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित स्वास्थ्य चौकी निर्माण, महतगौंडा सडक स्तरोन्नतिका लागि ३० लाख, वडा नम्बर ३३को भञ्ज्याङ आँपुकस्यारी मोटर बाटो स्तरोन्नति गर्न २० लाख, पोखरा –१५ टुटुंगा स्थित एकतापथ टुटुंगा मोटर बाटो बाँकी ढलान गर्न २० लाख,पोखरा २१ को पुरानो कोलसिम्ले सडक स्तरोन्नति गर्न ३० लाख, पोखरा ३३ को जुके हनुमान पोखरी मोटरबाटो स्तरोन्नति गर्न २० लाख, पोखरा ७ स्थित झपेन्द्र स्मृति भवनका बाँकी काम पूरा गरिएको उल्लेख गरे ।

    त्यसैगरि सांसद कार्कीले पोखरा २१ स्थित रामदी एकहाते एकीकृत खानेपानी योजनामा २० लाख , बक्रेक, कात्तिके सडक स्तरोन्नति गर्न २० लाख, धारापानी कुल मन्दिरदेखि ग्राउण्डसम्म सिंढी बाटो निर्माण गर्न १० लाख, पोखरा १७ को दोभिल्ला वस्ती जोगाउन फुस्रे खोलामा तटबन्धन निर्माण गर्न १० लाख खर्च गरिएको बताए ।

    कार्किले पोखरा २१ फेदीपाटन मासपाटन दम्साँदी हुँदै पहारी डाँडासम्मको कृषि सडकको लागि १ करोड विनियोजन भई ठेक्का प्रक्रियामा बहुवर्षिय योजनाका लागि अघि बढेको बताए । उनले आर्थिक वर्ष २०८०÷८१ का लागि विभिन्न मन्त्रालय अन्तर्गत छनोट परेका योजनाहरुको जानकारी समेत दिए ।

    उनले भू तथा जलाधार ब्यवस्थापन कार्यालयबाट १८ ,पर्यटन तथा उद्योग कार्यालय कास्कीबाट १२ ,डिभिजन वन कार्यालयबाट १, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कास्कीमार्फत २२ ,समपुरक अनुदान अन्तर्गतका २ वटा, पुर्वाधार बिकास कार्यालयबाट २६, जलस्रोत तथा सिंचाइ डिभिजनबाट १२ वटा र पुल निर्माण तर्फ २ वटा योजना रहेको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.