• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कक्षा १२ को परीक्षाफल प्रकाशित, यस्तो छ हेर्ने तरिका

  •    शुभेच्छा न्यूज  /३० श्रावण २०८०, मंगलवार १८:२२ ,  प्रकाशीत
  • राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । मंगलबार बसेको बोर्डको बैठकले वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो ।

    एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट चार लाख ४८ हजार ८३७ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए ।

    यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । कूल परीक्षार्थीमध्ये ५१ जनाकाे परीक्षा रद्द गरिएकाे बाेर्डले जनाएकाे छ ।

    नतिजा हेर्ने तरिका

    विगतमा झैँ यस वर्षको कक्षा १२ को नतिजा पनि नेपाल टेलिकम र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटबाट हेर्ने व्यवस्था रहेको छ ।

    -टेलिकमकाे वेबसाइटमा नतिजा हेर्न यहाँ र परीक्षा बोर्डको वेबसाइटबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

    त्यसपछि त्यहाँ माथिको बक्समा सिम्बाेल नम्बर र तलको बक्समा जन्ममिति राख्नपर्ने हुन्छ । (जन्ममिति राख्दा वर्ष/महिना/दिन (जस्तै २०६०/०१/१४) ।

    त्यसपछि तल रहेको सब्मिट बटनमा ट्याप गर्‍यो भने आफ्नो नतिजा हेर्न सकिन्छ ।

    एसएमएस

    नतिजा सार्वजनिक भएपछि एसएमएसमार्फत पनि हेर्न सकिन्छ । नतिजा सार्वजनिक भएको केही समयपछि मात्र वेबसाइटबाट हेर्न सकिने भएकाले नतिजा सार्वजनिक भए लगत्तै एसएमएसबाट हेर्न सकिन्छ ।

    -सबैभन्दा पहिले मोबाइलको मेसेज बक्समा जानुहोस् ।

    -त्यसपछि पठाउनुपर्ने नम्बरमा 1600 राख्नुहोस् ।

    -त्यसपछि एमएमएस बक्समा NEB टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बाेल नम्बर टाइप गरेर सेन्ड गर्नुहोस् ।

    -त्यस लगत्तै तपाईंले कुन विषयमा कुन ग्रेड ल्याउनुभयो भन्ने नतिजा देख्न सक्नुहुनेछ ।

    यूएसएडी

    *1600# डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिन्छ ।

    आईभीआर

    -सबैभन्दा पहिले आफ्नो फोनमा 1601 डायल गरेर कल गर्नुहोस् ।

    -त्यसपछि त्यहाँ भने बमोजिम आफ्नो सिम्बोल नम्बर थिच्नुहोस् ।

    -त्यसपछि तपाईंले आफूले प्राप्त गरेको जीपीए तथा ग्रेड थाहा पाउन सक्नुहुन्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.