पोखरामा सञ्चालन हुने ट्याक्सीहरु अब मिटरमा संचालन हुने भएका छन ।
पोखरा क्षेत्रभित्र सञ्चालन हुने ट्याक्सीहरु भदौ १ गतेदेखि अनिवार्य मिटरमा चल्नुपर्ने यातायात व्यवस्था कार्यालय कास्कीले जनाएको छ ।
अनिवार्य रुपमा बिलिङसहितको मिटर जडित ट्याक्सी सञ्चालन गरी मिटर र बिल बमोजिमको भाडा लिने गरी सञ्चालन गर्नुपर्ने यातायात व्यवस्था कार्यालय कास्की ले जनाएको छ ।
मिटर र बिलमा नचलेको पाइएमा कानून बमोजिम कारबाही हुने छ । यातायात व्यवस्था कार्यालयले सूचना जारी गर्दै अनिवार्य मिटरमा चल्न ट्याक्सी चालकहरुलाई आग्रह गरेको छ ।
भाडाकार ट्याक्सीको भाडा सम्बन्धमा गण्डकी प्रदेश सरकारले २०७८ सालमा गरेको भाडा समायोजन अनुसार १५ किमीभित्र यात्रा गर्दा सुरुवाती २०० मिटरसम्मको ८० रुपैयाँ र त्यसपछि प्रति २ सय मी बराबर १० रुपैयाँ कायम गरिएको छ ।
अनाधिकृत रुपमा सञ्चालन भएका एप तथा अन्य तवरले रातो प्लेट (निजी) सवारी साधन प्रयोगमा ल्याई भाडाको रुपमा सञ्चालन गरेको पाइएमा पनि कानून बमोजिम कारवाही हुने कार्यालयले जनाएको छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले केही दिनअघि आयोजित अन्तरक्रिया कार्यक्रममा ट्याक्सी चालकले पोखरा उपत्यकाभित्र मिटरमा हिँड्ने प्रतिबद्धता जनाएका थिए ।

Related