• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फिर्केखोलाको अतिक्रमित संरचना हटाएर पर्यटकीय गन्तव्य बनाईने

  •    शुभेच्छा न्यूज  /१ भाद्र २०८०, शुक्रबार ०८:५४ ,  प्रकाशीत
  • फिर्केखोलाको सिमाङ्कन कार्य अन्तिम चरणमा पुगेको छ ।

    पोखराको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी सुरु गरिएको सिमाङ्कन अन्तिम विन्दु पोखरा १८ को अधेँरीकुना नजिक पुगेको हो । पोखरा १७ गाईघाटबाट सुरु गरिएको सिमाङ्कन कार्य अब करिब २०० मिटर मात्र बाँकी छ ।

    पहिलो चरणमा फिर्केखोलाले चर्चेको खोला घर पत्ता लगाउने काम सम्पन्न हुने चरणमा रहेको खोलाको नाप जाँच कार्यको स्थलगत अवलोकनमा पुगेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । उनले भने,’खोलाको नाप जाँचका क्रममा हालसम्म ५ सय बढी सीमा स्तम्भहरू गाडिएका छन् । यसले खोलाको वास्तविक रूप र आकार देखाइदिएको छ। यो प्राविधिक जाँचका आधारमा आएको तथ्य हो । यसमा शङ्का गर्नुपर्ने कुनै कारण छैन।’

    उनका अनुसार खोलाको सिमाङ्कन कार्यले खोला माथिको अतिक्रमण र दोहनलाई उदाङ्गो बनाइदिएको छ ।

    फिर्के खोलालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने महानगरको योजना रहेको प्रमुख आचार्यले बताए। उनले भने,’दिगो पर्यटन विकासको अवधारणामा खोलाको दुवैतर्फ साइकल लेन सहितको फुटट्रयाक बनाइने छ। यो पोखराको पर्यटन गन्तव्य बन्नेछ। यसको संरक्षण, विकास र सौन्दर्यीकरण एक साथ गरिनेछ ।’

    फिर्केखोला हुँदै फेवातालमा पुग्ने फोहोरका कारण ताल समेत प्रदूषित भएको प्रति उनले चिन्ता व्यक्त गरे ।

    फिर्केखोला माथि निर्माण गरिएका अतिक्रमित संरचनाहरू हटाउनका लागि दोस्रो चरणमा ३५ दिने सूचना जारी गरिने प्रमुख आचार्यले बताए।उनले भने,’खोला माथि नै किनेर बस्नु भएको छ भने त त्यसको उपचार छैन। खोला माथि बेच्ने को हो ?, लालपुर्जा कहाँ पाएर बेच्यो र ?, बेच्नै सकिदैन नि । खोलामाथि लालपुर्जा नै थिएन कसैको, कसैले किनेबेचे भन्ने कुरा त हुनै सक्दैन। त्यो सम्भव नै छैन। यदि कसैले भ्रममा पारेर त्यस्तो काम गरेको रहेछ भने त्यो अपराधी हो । त्यसलाई कारबाही हुन्छ ।’

    खोला मिचेर आफैले संरचना बनाएको हुनसक्छ तर, खोला नै किनबेच भयो भन्ने कुरा विश्वास गर्न नसकिने उनले बताए ।

    सिमाङ्कन कार्यको नेतृत्व गरिरहे भएका महानगरपालिकाका सर्वेक्षक वासुदेव पौडेलका अनुसार हालसम्म ५ सय बढी सिमास्तम्भहरु खोलाको दायाँबायाँ गाडिएका छन् ।

    अव खोलाको २०० मिटर क्षेत्रमा सिमाङ्कनको काम बाँकी छ । नाप जाँचका क्रममा खोला माथि अविश्वासिलो ढङ्गले अतिक्रमण गरिएको, स्थायी संरचनाहरू निर्माण गरिएको र प्रदूषण गरिएको लगायतका अवस्थाहरू भेटिएको उनले बताए ।

    खोलाको प्राकृतिक बहावको खोजी र अतिक्रमण विरुद्ध नागरिक अभियान्ताहरुले सकारात्मक सहयोग गरिरहेका छन् । स्थानीयहरूले समेत महानगरको योजना कार्यान्वयनमा सहयोग गर्ने बताउँदै आएका छन् ।

    खेलामा अतिक्रमित संरचनाहरू हटाइसकेपछि परियोजना लागु हुनेछ । फिर्केखोलाको सिमाङ्कन टोलीमा सर्वेक्षक, इन्जिनियर र अमिनहरू सहित ४० जना परिचालित छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.