• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा विश्वविद्यालयले आईटी पढ्ने करिब २५० विद्यार्थीलाई छात्रवृत्ति दिँदै

  •    शुभेच्छा न्यूज  /१ भाद्र २०८०, शुक्रबार १८:२५ ,  प्रकाशीत
  • पोखरा विश्वविद्यालयले स्नातक तहमा आईटी पढ्ने करिब २५० जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।

    एक सूचना जारी गर्दै विश्वविद्यालयले विज्ञान तथा प्रविधि सङ्काय, व्यवस्थापन सङ्काय र मानविकी तथा समाजिक शास्त्र सङ्काय अन्तर्गतका शैक्षिक कार्यक्रमहरूमा छात्रवृत्ति दिने जानकारी दिएको हो ।

    सूचनाअनुसार विश्वविद्यालयले कम्प्युटर इन्जिनियरिङमा ८३, सफ्टवेयर इन्जिनियरिङमा २४, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङमा ५, बीआईटीमा ३०, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्समा २९ विद्यार्थीलाई विश्वविद्यालयले छात्रवृत्ति दिनेछ ।

    त्यस्तै बीसीएमा ४५, बीसीएसआईटीमा ३५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ ।

    विश्वविद्यालयले यी बाहेक अन्य नन्आईटी कोर्षहरूमा पनि विद्यार्थीलाई छात्रवृत्ति दिने भएकाे छ । तर अहिले तोकेको यी छात्रवृत्ति कोटा थपघट भने हुनसक्ने सूचनामा उल्लेख छ ।

    छात्रवृत्तिमा यी विषयहरू पढ्न विद्यार्थीले भदौ २ गतेदेखि १७ गतेसम्म अनलाइनबाट फारम भरी आवेदन दिनुपर्ने छ । कक्षा ६ देखि कक्षा १० सम्म सार्वजनिक विद्यालयबाट अध्ययन गरी एसईई वा एसएलसी भने अनिवार्य रुपमा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

    छात्रवृत्तिका लागि परीक्षा भदौ २२ र २३ गते पोखरामा हुनेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.