सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाएको छ ।
सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई अघि बढाई पूर्वमन्त्रीसहितका आरोपितलाई करागार चलान गर्ने नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीसहितका एआईजीहरुको सरकारले सरुवा गरेको हो ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख रहेका ज्ञवालीसहितका एआईजीहरुलाई सरुवा गरेको हो ।
ज्ञवालीलाई सरुवा गर्न सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष दबाब दिएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले थप जाहेरी लिएर दोस्रो चरणको अनुसन्धान सुरु गरेको सुइको पाएपछि उनको सरुवा गरिएको हो । देउवाले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा.मनोज केसीलाई पनि हटाउन दबाब दिएको बुझिएको छ ।
पहिलो चरणको अनुसन्धानमा सरकारकै दबाबका कारण प्रमाण भएपनि देउवा पत्नी आरजुलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । तर दोस्रो चरणको अनुसन्धानमा पीडितबाट जाहेरी लिएर ज्ञवाली र केसीसहितका प्रहरी अधिकारीले अनुसन्धानलाई जरैसम्म लग्न खोजेको सुईको पाएपछि देउवाले प्रधानमन्त्री र गृहमन्त्रीलाई दबाब दिएका थिए । सत्तारुढ दलकै ठूलो पार्टीबाट दबाब आएपछि प्रधानमन्त्री र गृहमन्त्री पनि उनीहरुबाट जिम्मेवारी खोस्न बाध्य बनेका हुन् ।
मंगलबारकै मन्त्रिपरिषद्मा सरुवासम्बन्धी प्रस्ताव लैजाने तयारी भएपनि रोकिएको थियो । शुक्रबार मन्त्रालयको प्रस्तावमा एआईजी सरुवाको निर्णय भएको हो ।
ज्ञवालीको उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको साढे ४ महिना मात्र भएको थियो । उपत्यका प्रहरी प्रमुखमा प्रशासन विभागका प्रमुख दिपक थापाको सरुवा भएको छ। प्रशासनमा एआईजी मिरा चौधरीको सरुवा भएको छ । चौधरी कार्य विभागमा कार्यरत थिइन् । कार्यमा एआईजी श्याम ज्ञवाली पठाइएका छन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी टेकप्रसाद राईको मानवस्रोत विभागमा सरुवा भएको छ । मानवस्रोतका प्रमुख सन्दीप भण्डारी राईको स्थानमा पठाइएका छन् ।
राईले आफूलाई छोटो समयमा विना कारण हटाउन खोजिएको भन्दै यसअघि नै प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसमक्ष असन्तुष्टि व्यक्त गरेका थिए ।
अनुसन्धानमा संलग्न प्रहरीकै सरुवा गरेर सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सामसुम पार्ने बाटो समाएको छ ।

Related