• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सूर्यदर्शन सहकारीका सञ्चालक फरार, जाहेरी दिन बचतकर्तालाई प्रहरीको आग्रह

  •    शुभेच्छा न्यूज  /४ भाद्र २०८०, सोमबार १०:०० ,  प्रकाशीत
  • बचतकर्ताको रकम हिनामिना गरी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक फरार भएपछि बचतकर्ताहरुलाई जाहेरी दिन प्रहरीले आग्रह गरेको छ ।

    सञ्चालकहरुले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेर फरार रहेकाले निजहरू उपर कारबाही गरी पाउँ भनि बचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी समेत दिएका छन् ।

    उक्त जाहेरी दरखास्त दर्ता भई अनुसन्धानको क्रममा रहेको प्रहरी कार्यालयले जनाएको छ । यसका साथै उक्त सहकारी संस्थामा बचतकर्ता रही सहकारीबाट बचत रकम फिर्ता नपाएका प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिन बाँकी रहेका सदस्यहरुलाई जाहेरी दिन प्रहरीले आग्रह गरेको हो ।

    पोखरा महानगरपालिका वडा नं. ४ नालाकोमुख स्थित संचालनमा रहेको सुर्य दर्शन बचत तथा ऋण सहकारीका संचालक समितिका पदाधिकारीहरू बचतकर्ताको रकम ठगी गरी सञ्चालक फरार रहेका छन् ।

    पीडित बचतकर्ताहरुले सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौंचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागज सहित कानून बमोजिम सहकारी ऐन शीर्षकमा जाहेरी दिन प्रहरी कार्यालयले सूचना जारी गरेको छ ।

    कार्यालयका अनुसार मुद्दाको हदम्यादलाई मध्यनजर गरेर पीडित बचतकर्ताहरुले भदौ १५ गते भित्रमा अनिवार्य रूपमा यसै सूचनालाई आधार मानेर जाहेरी दरखास्त पेश गर्न समेत अनुरोध गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.