• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल

  •    शुभेच्छा न्यूज  /४ भाद्र २०८०, सोमबार १०:०२ ,  प्रकाशीत
  • भदौं ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल

    तुलसी भारद्वाज

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
    अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ । अस्वस्थताले काममा बाधा पुर्याउला । बाध्यताले अलमल्याउन सक्छ । कृषिमा कामको चाप र चौपायामा केहि समस्या देखिनेछ । मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।

    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
    दम्पती बीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ । सामान्य चुनौती देखिएपनि मेहनत गर्दा लाभ मिल्नेछ । दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ । आम्दानी तथा आयआर्जनका स्रोत समेत समय छ । वादविवादको सामना गर्नुपर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
    शत्रु र रोगबाट छुट्कारा मिल्ने समय छ । मुद्दा मामिलामा पनि विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
    टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभ चिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन हुनेछ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
    नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । परिवारजनबाट टाढिनुपर्ला ।

    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
    हुलमुलमा धनमाल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । स्वास्थ्यको विशेष ख्याल गर्नु होला । धन नाश हुने योग छ ।

    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
    कर्मको उचित प्रतिफल पाइनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । नसोचेको ठाँउबाट धन लाभ भइ मन हर्षित हुने छ ।

    वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
    आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घर परिवारबाट सुख शान्ती पाइने छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ ।

    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
    स्वास्थ्य कमजोर रहनाले पढाइ लेखाइमा समय दिन नसकिएला । धेरै समय सानातिना घरेलु काममै अल्झनु पर्ला । सवारीमा सावधानी अपनाउनुहोला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । आफ्नै कमजोरीले विवादमा परिनेछ । व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाँउमा पैसा खर्च होला ।

    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
    लाभ हुने सन्दर्भमा केही प्रतिस्पर्धा हुने सम्भावना छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । प्रिय जन संगको भेटले मन प्रफुल्ल रहला । सामाजिक प्रतिष्ठा पाइनेछ । भोग विलासमा मन रमाउनेछ ।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
    नयाँ काममा हात हाल्ने समय छ । सोखले खर्च बढाउन सक्छ । प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नेछ । बचत हुने प्रवल सम्भावना छ । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
    काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ । केही धन र बहुमूल्य धातु संग्रह हुन सक्छ । मान सम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल
    निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल
    यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.