पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राख्न माग गर्दै महानगर अगाडि नाराबाजी
तपाईको प्रतिक्रिया





पृथ्वीनारायण शाहको सालिक पोखराको पृथ्वीचोकमा राख्न माग गर्दै पोखरा महानगरपालिका कार्यालय अगाडि नाराबाजी गरिएको छ ।
आइतबार ‘राष्ट्र निर्माता गौरव अभियान’ नामक समूहले पृथ्वीचोक सभागृह चोक हुँदै महानगर पुगेर मेयर धनराज आचार्यलाई पृथ्वीनारायण शाहकै सालिक राख्न आग्रह गरेको हो ।
साउन २४ गते अन्तर्राष्ट्रिय आदिवासी दिवसको दिन पृथ्वीचोकमा रहेको लखन थापाको मुनि रहेको पृथ्वीनारायण शाहको प्रतिमा एक समूहले हटाइदिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत समर्थक आक्रोशित बनेका हुन् ।
पृथ्वीचोकमा लखन थापाको नभई पृथ्वीनारायण शाहकै सालिक राख्नुपर्ने माग राख्दै बलजफ्ती महानगरले नै प्रतिमा हटाइदिएको आरोप लगाउँदै आएका छन् ।
Related