• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लायन्स न्यूरोड चौतारीको १२ औं स्थापना दिवसमा आश्रमलाइ आवस्यक सामाग्री हस्तान्तरण

  •    शुभेच्छा न्यूज  /५ भाद्र २०८०, मंगलवार १५:५३ ,  प्रकाशीत
  • लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले मानब सेवा आश्रममा आवस्यक सामग्री सहयोग गरेको छ ।

    क्लवले १२ औं स्थापना दिवसको अबसरमा पोखरा–१७ स्थित मानव सेवा आश्रमका लागि सरसफाइका लागि आवस्यक समाग्रीहरु प्रदान गरेको हो ।

    लायन्स क्लव अन्तराष्ट्रि डिष्ट्रिक ३२५ ‘जे’ नेपाल अन्तरगत रहेर शिक्षा, स्वास्थ्य, वातावरण लगायतका सामाजिक क्षेत्रमा काम गर्दै आएको यस क्लवले आफ्नो १२औं स्थापना दिवसको अवसमा मानब सेवा आश्रमका लागि आवस्य सरसफाईमा प्रयोग गरिने विभिन्न सामाग्रीका साथै अन्य सामाङग्री हस्तान्तरण गरिएको क्वलका अध्यक्ष अर्जुन कुमार पौडेलले जानकारी दिए ।

    आश्रममा सरसफाइका आवस्यक पर्ने फिनेल, हर्पिक, पोचा, चप्पल, झाडु, प्लेट, खाद्यान्त लगायतका करिव ३० हजारका सामग्री प्रदान गरिएको अध्यक्ष पौडेलले बताए ।

    कार्यक्रमका प्रमख अतिथि एवं लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ का ‘जे’ नेपाल प्रथम भाइस गभर्नर मिलन थापाले स्थापना कालदेखिनै समाज सेमामा सक्रिय न्यूरोड चौतारीले आफ्नो स्थापना दिवसमा सामाजिक कार्य गरेर मनाएकोमा खुशी लागेको बताइन ।

    उनले क्लवले यस आश्रमका लागि आवस्यक समाग्री प्रदान गरेर समाजीक उत्तरदायित्व बहन गरेको बताउदै आफुले पनि ब्याक्तिगतरुपमा आश्रमलाई सहयोग गर्दै आएको बताईन्।

    कार्यक्रका बिषेश अतिथि एवं एनएलएफ डिपार्टमेन्ट चिफ बालकृष्ण बरालले क्वलले स्थापन दिवसमा आश्रममा सहयोग गरेर मानवीय सत्कार्य गरेको बताए । उनले सन २०१२ मा एउटै क्लवबाट स्पोन्सर गरिएका तिन क्लवमध्ये न्यूरोड चौतारीले पनि डिष्ट्रिकमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैै आएको उल्लेख गरे ।

    मानव सेवा आश्रमकी ब्यवस्थापक सम्झना बतौंलाले न्यूरोड चौतारीले आफ्नो स्थापना दिवसमा आश्रमका लागि आवस्यक सामाग्री सहयोग गरेर हौसाला प्रदान गरेको बताइन । उनले आश्रममा रहेका आश्रीतको ब्यवस्थापनमा लायन्स क्लवहरुको महत्वपूर्ण योगदान गरेको बताइन । विभिन्न लायन्स क्लवहरुको सहयोगमै आश्रम संचालन सम्भब भएको उनले उल्लेख गरिन ।

    संस्थापक अध्यक्ष एवं पूर्वअध्यक्ष बलाराम बडालले क्लव १२ औं बर्ष प्रबेशको अबस्थामा आइपुग्दा समाज सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताए । उनले क्लव १२ औं बर्ष प्रबेश गर्दा नेतृत्व नेतृत्व गरेका प्रत्येक अध्यक्षहरुको कार्यकाल स्वणिम रहेको बताए ।
    जोन चियर पर्सन शिबराज बरालले विभिन्न क्षेत्रमा समाज सेवाका कार्य गर्दै आएको क्लवले स्थापना दिवसमा आश्रमलाइ सहयोग गरेर मनाएकोमा खुशी ब्याक्त गरे ।

    कार्यक्रममा क्वलका पूर्व अध्यक्ष दीपकराज धिमिरेले धन्यवाद ज्ञापन गर्दै क्लवले १२ औं बर्षको कालखण्डमा समाज सेवाका क्षेत्रमा महत्वूर्ण भूमिका निर्वाह गरेको बताए । उनले चौतारीले गरेका महत्वपूर्ण कार्य गर्व गर्न लायक भएको उल्लेख गरे ।

    क्लबका अध्यक्ष अजुर्न कुमार पौडेलको अध्यतामा भएको कार्यक्रम संचालन सचिब बेद प्रसाद (शंकर) अधिकारीले गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.