• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको फिर्के खोलामाथि १४७ घर, कहिले भत्काइन्छ अबैध संरचना ?

  •    शुभेच्छा न्यूज  /५ भाद्र २०८०, मंगलवार ११:२४ ,  प्रकाशीत
  • पोखराको फिर्के खोलाको सिमाङ्नको काम सकिएको छ । ३ साउनबाट सुरु भएको सिमाङ्कन सक्न महानगरलाई १ महिना लागेको छ ।

    सिमाङ्नको क्रममा फिर्केखोला अतिक्रमण गरेर खोलाको क्षेत्रभित्र १ सय ४७ वटा संरचना निर्माण भएका छन् । निर्माण भएका संरचनामा व्यक्तिगत भवनदेखि सामुदायिक भवन, विद्यालयका भवनसमेत छन् ।

    महानगरले गठन गरेको सर्वेक्षक वासुदेव पौडेल नेतृत्व टोलीले गरेको फिर्के सीमांकनबाट १ सय ४७ वटा संरचना खोला मिचेर निर्माण भएको भेटिएको हो । पौडेल नेतृत्वको टोलीले १ महिना लगाएर फिर्के खोलाको सीमांकन गरेको थियो ।

    पोखरा–१७ बैदामस्थित गाईघाटबाट सुरु गरिएको सिमाङ्कन कार्य पोखरा–१८ को अधेँरीकुनामा दुईवटा खोल्सी जोडिएको ठाउँभन्दा माथिसम्म पुगेर सकिएको छ ।

    सीमांकनका क्रममा फिर्केखोला अतिक्रमण गरेर व्यक्तिगतदेखि सामाजिक भवन, विद्यालयका भवन समेत बनाइएको भेटिएको सीमांकन टोलीका संयोजक पौडेल भनाइ छ । जसमा २५ वटा सामाजिक भवन र ३५ वटा पक्की घर व्यक्तिगत भवन ८७ वटा कच्ची घर निर्माण गरिएको पाइएको छ । अतिक्रमण गरेर निर्माण गरिएको संरचनामध्ये केहीको आधा भागनै परेको बताइन्छ ।

    सिमाङ्कन भएको क्षेत्रमा ५८४ पिल्लर र २३९ चिह्न खोलाको दायाँबायाँ गाडिएको छ ।

    त्यसअघि पनि खोलाको पटक पटक सीमांकन र नक्सांकन भएका छन् । प्रतिवेदन पनि बनेका कार्यान्वयन नहुँदा फिर्के खोला बर्सेनि अतिक्रमणको चपेटामा परेको छ ।

    २०६९ मा गुरुदत्त बरालको संयोजकत्वमा फिर्केखोलाको सीमांकन गरिएको थियो । बराल तत्कालीन समयमा क्षेत्रीय प्रसारणमा कार्यरत हुँदा सीमांकन समितिको संयोजक भएर सीमांकन गरेका थिए ।

    बराल हाल जिल्ला प्रशासक कार्यालय कास्की सहायक प्रमुख जिल्ला अधिकारी छन् । बराल नेतृत्वको समितिले २०३२ सालको नापी नक्साका आधारमा खोलाको सीमांकन प्रतिवेदन तयार पारेको थियो ।

    पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसीको पालामा पनि महानगरका इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा फिर्के खोलाको सीमांकन गरिएको थियो ।

    टोलीले खोलाको रेखांकन तथा सीमांकन प्रतिवेदनले फिर्केखोला मिचेर १ सय ९२ वटा संरचना बनेको देखाएको थियो । व्यवसायीदेखि सरकारी कार्यालय र राजनीतिक दलका नेताका घर तथा संरचना मापदण्डविपरीत बनेको प्रतिवेदनले उल्लेख थियो ।

    महानगरले पहिलो चरणमा खोला भागको यकिन गरिसकेपछि दिगो पर्यटन विकास परियोजनाअन्तर्गत फिर्के खोलाको संरक्षण, सम्वद्र्धन र विशेष सौन्दर्यीकरणको कार्यक्रम सुरु गर्ने महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन् ।

    महानगरले यसलाई फिर्के कोरिडोरको रूपमा विकास गर्ने र दुवैतर्फ साइकल लेनसहितको पूर्वाधार निर्माण गर्ने जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.