• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

त्रिशूली बस दुर्घट्ना : पर्वतका तीन सहित आठ जना मृतकको सनाखत

  •    शुभेच्छा न्यूज  /७ भाद्र २०८०, बिहीबार १०:०१ ,  प्रकाशीत
  • धादिङको गजुरीस्थित त्रिशूली नदीमा बस खस्दा मृत्यु भएका आठ जनाको सनाखत भएको छ ।

    दुर्घटामा मृत्यु भएकामा पर्वतका ३, म्याग्दीका २, धादिङका २ र पोखरा पूmलबारीका १ सहित आठ जना रहेका छन ।

    बुधबार बिहान काठमाडौंबाट पोखरा हुँदै बेनी जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरी गाउँपालिका–२ चालिसेबाट त्रिशूली नदीमा खसेको थियो।

    प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा पर्वतको मोदी गाउँपालिकाप–१ की १५ वर्षीया कृतिका शर्मा पौडेल, पर्वतको जलजला गाउँपालिका–६ की ४२ वर्षीया राधिका सापकोटा, पर्वतकै मोदी गाउँपालिका–५ का ४५ वर्षीय झपटबहादुर क्षेत्री रहेका छन ।

    त्यस्तै म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ५० वर्षीय थानबहादुर भण्डारी, म्याग्दीको धौलागिरि गाउँपालिका–५ का ७२ वर्षीय टेकबहादुर छन्त्याल रहेका छन ।

    धादिङको गजुरी गाउँपालिका–८ का २० वर्षीय सुशील रम्तेल, गजुरीकै १७ वर्षीय सविन रम्तेल, कास्कीको फूलबारी–११ का २४ वर्षीय सुमन थापा रहेका छन्।

    दुर्घटनामा परेको बसमै सवार म्याग्दीको मंगला गाउँपालिका–२ का ३६ वर्षीय हरि अरमोजा दुर्घटनापछि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। उनलाई त्रिशूलीले बगाएको आशंका गरिएको छ।

    बस चालक बेनी–६ का ३० वर्षीय दीपक थापालाई उपचारपछि डिस्चार्ज भएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको छ।

    दुर्घटनामा घाइते भएका १५ जनामध्ये ३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। घाइते १२ जनाको हाल वीर अस्पतालको ट्रमा सेन्टर, बयोधा, बीएन्डबी, किस्टलगायत अस्पतालमा उपचार भइरहेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.