बागलुङमा सई उज्वल पौडेलको हत्यामा संलग्न २ जना आरोपीलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
बागलुङको भिमगिठेस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज वरिष्ठ सई पौडेल हत्यामा संलग्न रहेको आरोपमा बुधबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका वडा नम्बर–६ स्थित आशा होटल तथा खाजा घरका सञ्चालक ५१ वर्षीय आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि जेल पठाएको हो ।
गत साउन ८ गते राति ११ बजे खाजा खान गएका पौडेल रातिसम्म बसेपछि आशासँग झगडा भएपछि निर्घात कुटपिट गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ ।
पोस्टमार्टम रिपोर्टमा पनि शरीरभर नीलडाम र घाउ देखिएको तथा घाँटीमा कसिएको डाम देखिएको उल्लेख छ । पौडेलको घाँटीमा लगाएको सिक्री आशाले राखेको समेत भेटिएको थियो ।
निर्घात कुटेपछि घाँटी थिचेर मारेको आरोपीले बयान दिएको प्रहरीले जनाएको छ ।

Related