• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

महादेब मूर्ति निर्माणका अभियान्ता बराल सम्मान : ‘दाताकै भरमा २० करोडको परियोजना’

  •    नरहरि पौड्याल  /९ भाद्र २०८०, शनिबार २१:१५ ,  प्रकाशीत
  • पुम्दीकोटस्थित बिशाल महादेबको मूर्ति निर्माणका अभियान्ता चन्द्रकान्त बराल सम्मानित भएका छन ।

    शनिबार समाज सेवासंगै उद्योग एवं ब्यवसायीमा सक्रिय बराललाई पुम्दीकोटस्थित बिशाल महादेबको मूर्ति निर्माणमा महत्वपूर्ण योगदान गरेकोमा लायन्स क्लव अफ पोखरा अन्नपूर्ण सहितका क्लवहरुले संयुक्तरुपमा सम्मान गरेका हुन ।

    पोखरा अन्नपूर्ण, मर्दीहिमाल लगातका ६ वटा क्लवले आयोजना गरेको संयुक्त पदस्थापन समारोहमा लायन्स क्लव अन्तराष्ट्रिय, डिष्ट्रिक ३२५ ‘जे’ नेपालका गभर्नर हरि मरहठ्ठाले समाजसेवी बरालललाई ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मान गरे ।

    डिष्ट्रिक गभर्नर मरहठ्ठाले चार दशकदेखि विभिन्न ब्यसायसंगै समाज सेवामा सक्रिय बरालले पुम्दीकोटमा करोडौको लगानीमा बिशाल महादेबको मूर्ति निर्माण गरेर नयाँ पर्यटकीय गन्तब्यकारुपमा बिकास गरेकोमा सह्राना गरे ।

    उनले समाज सेवी बरालको अगूवाइमा महादेवको मूर्ति निवार्माण भएसंगै पोखरामा नयाँ पर्यटकीय गन्तब्य थापिएको बताए । उनले भने,‘एउटा ब्याक्तिको योजनमा पुम्दीकोट समग्र पोखरा क्षेत्रकै महत्वपूर्ण धार्मिक एवं पर्यटकीय गन्तब्यका रुपमा बिकास भएको छ । महादेवको बिशाल मूर्ति र अन्य पूर्वाधार निर्माण संगै पोखरा भित्रिने आन्तरिक तथा बाह्यि पर्यटकहो रोजाईको क्षेत्र पर्ने थालेको छ । मूर्ति निर्माणले स्थानिय र समग्र पोखराको पर्यटन विकासमा कोसेढुङ्गा समावित हुदैछ ।’

    गभर्नर मरहठ्ठाले बराल लायन्सकै पूर्व अध्यक्ष भएको बताउँदै लायन्स सदस्यको अगूवाइमा करोडौंको परियोजनाले मुर्तरुप लिनुले गौरबको अनुभूति भएको उल्लेख गरे ।

    सम्मानित ब्याक्तित्व एवं पुम्दीकोट बिशाल महादेब मूर्ति निर्माण समितिका संयोजक बरालले आपूmलाई लायन्स लगायतका संघसंस्थाले गरेको यस सम्मानले समाज सेवामा लाग्नका लागि थप प्रेरणा थपेको बताए ।

    उनले यस ठाउँमा महादेवको बिशाल मूर्ति निर्माण गरेर पोखरा क्षेत्रमा नयाँ पर्यटकीय गन्तब्यका रुपमा बिकास गर्ने आफ्नो योजनामा विभिन्न दाताहरुको सहयोगले सम्भव भएको बताए ।

    परियोजना सफल बनाउनका लागि आपूm विगत आठ बर्षदेखि ब्यवसाय त्यागेर पूर्णरुपमा लागि रहेको अध्यक्ष बरालले उल्लेख गरे ।

    बरालले २०५२ सालमा त्यस ठाउँमा विशाल महादेवको मूर्ति बताउन रातमा सपनी दखिएपछि यो परियोजना बनाउने योजना बताएको बताए । उनले भने,‘२०५२ मा राती समनीमा यस ठाउँमा महादेवको बिशाल मूर्ति बनाउनु पर्ने सपनी देखे । त्यस रातको सपनापछि २० करोडको लागतमा भिमकाय बिशाल महादेबको मूर्ति निर्माण गर्ने योजना बनाएँ । सरकारका मन्त्रालयदेखि विभिन्न संघसंस्था र ब्याक्तिहरु संग सहयोगका लागि हात फैलाएँ । मूर्ति निर्माणका लागि सहयोग जुटाउन महापुराण लगाएर रकम जोहोको शुरुवात गरियो । महापूराणबाट संकलित रकमसंगै विभिन्न उद्योगि, ब्यवसायी, समाजसेवी लगायतको सहयोगमा पूर्वाधार निर्माण यो अवस्थामा आइपुगेको छ । अब, झण्डै एक करोड ऋण तिर्न वाँकी छ ।’

    अध्यक्ष बरालले आर्थिक पारदर्शीता र मितब्ययीतता देखेर नै दाताहरुले करोडौंको सहयोग गरेकाले परियोजनाले सफलता पाएको उल्लेख गरे ।

    बराले २०४० साल देखि पाल्टी ब्यवसायमा आवद्ध छन । उनी लायन्स क्लव अफ पोखरा फिष्टेलका पूर्व अध्यक्ष, गरिमा बिकास बैकको अध्यक्ष लगायत दर्जनौ सामाजिक संघ सस्थाको नेतृत्व गरिसकेका छन ।

    लायन्स डिष्ट्रिक ३२५ ‘जे’ नेपालका निवर्तमान गभर्नर एवं लायन्स अन्नपूर्णका पूर्व अध्यक्ष ध्रुर्व श्रेष्ठले समाज सेवी एवं महादेव मूर्ति निर्माणका परिकल्पनाकार बराललाइ सम्मान गर्न पाउँदा गौरवान्वित भएको बताए । समाजमा अतुलनिय र अनुकरणीय कार्य गर्दै आएका बराल प्रतिको सम्मानले समाज सेवा गर्ने प्रति प्ररणा थप्ने उनले बिश्वास ब्याक्त गरे ।

    बराललाइ सम्मान गर्ने अन्नपूर्ण लायन्स क्लव यस क्षेत्रको समाज सेवामा अग्रणी क्लवका रुपमा परिचित छ ।

    क्लवले विश्वका विभिन्न राष्ट्रमा रहेका क्लवहरुको समन्वयमा नेपालका विभिन्न क्षेत्रमा समुदायक बिद्यालय भवन, खानेपानी ट्याङकी, पुस्ताकालय, बार्षिक दर्जनौं छात्रबृत्ति, विदेशी तथा स्वदेशी चिकित्सकको समन्वयमा बर्षेनी निशुल्क स्वास्थ्य शिविर, अक्षकोष संचालन लगायतका सेवा गर्दे आइरहेको अन्नपूर्णका पूर्वअध्यक्ष अजुर्न पोखरेलले जनाकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.