• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

औषधी व्यवसायी गंगाले किनगरे आत्महत्या ?

  •    शुभेच्छा न्यूज  /९ भाद्र २०८०, शनिबार १४:२१ ,  प्रकाशीत
  • चितवनको नारायणी नदीबाट हाम फाली बेपत्ता भएका औषधी व्यवसायी गंगा ढकालको शव फेला नपरेपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गर्ने भएको छ।

    बुटवलको मैत्रीपथमा ओखती घर सञ्चालन गरेका ढकाल ‘अब मलाई नखोज्नु’ भनी सन्देश पठाएर सम्पर्कबिहिन भए नारायणी नदीबाट हाम फाली बेपत्ता भएका थिए।

    गत शनिबार घरबाट हिँडेपछि सम्पर्कबिहिन भएका ५३ वर्षीय ढकालले २०६३ सालदेखि ड्रग इन्टरनेसनल फर्म स्थापना गरी बुटवलमा औषधि व्यवसाय गर्दै आएका थिए।

    बुटवलबाट गत शनिबार चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसी हाफ पाइन्ट सहितका कपडा घर पठाएका ढकालले पुलबाट हाम फालेको प्रत्यक्षदर्शीले देखेकाले कुशको शव बनाएर अन्तिम संस्कार गर्न लागिएको औषधी व्यवसायी बाबुराम भट्टराईले बताए।

    देवघाटमा हिन्दु परम्परा अनुसार उनको अन्त्येष्टि गर्नका लागि जान लागिएको भट्टराईले जानकारी दिए।

    ढकाल आइतबार साँझ सवा ७ बजे सबैभन्दा पछिल्लो पटक नारायणी नदीमा देखिएको आधारमा चितवन प्रहरीले उनको खोजी गरिरहेको थियो। तर पनि भेट्टाउन भने सकेन।

    २ जना युवतीले एक जना पुरुष पुलबाट हाम फालेको भनी गैंडाकोट प्रहरीमा सूचना दिएको र त्यही आधारमा हाम फाल्ने व्यक्तिको पहिचान गर्दा ढकाल नै रहेको पुष्टि भएको बताइएको छ।

    आर्थिक रुपमा समेत अव्वल ढकालले किन यसरी मृत्युको बाटो रोजे भन्नेमा उनी निकटका औषधी व्यवसायी समेत आश्चर्यमा परेका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.