• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लायन्स गण्डकीद्धारा ३३ जना जेहन्दार बिद्यार्थीलाइ छात्रबृत्ति वितरण

  •    शुभेच्छा न्यूज  /११ भाद्र २०८०, सोमबार १२:०१ ,  प्रकाशीत
  • लायन्स क्लव अफ पोखरा गण्डकीले कास्कीका विभिन्न विद्यालयमा अध्यायनरत गरिव तथा जेहन्दार विद्यार्थीलाई छात्रबृत्ति वितरण गरेको छ ।

    क्लवले पोखरामा एक कार्यक्रमको आयोजना गरि कास्कीका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्यायनरत ३३ जना जेहन्दार छात्रछात्रालाइ तीन लाख रुपैयाँको छात्रबृत्ति रकम हस्तान्तरण गरेको हो ।

    छात्रबृत्ति रकम हस्तान्तरणमा बोल्दै लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ ‘जे’ नेपालका गभर्नर हरि मरहठ्ठाले विश्वकै पहिलो महिला क्लवका रुपमा परिचित गण्डकी लायन्सले गरिव तथा जेहन्दार छात्रछात्रालाइ प्रोसाहन छात्रबृत्ति प्रदान गरेर महत्वपूर्ण कार्य गरेको बताए । उनले ठूलो संख्यामा प्रदान गरिएको छात्रबृत्तिले विद्यार्थीको उज्जल भविस्य निर्माणमा सहयोग पुग्ने बिश्वास ब्याक्त गरे ।

    निवर्तमान डिष्ट्रिक गभर्नर धु्रर्ब श्रेष्ठले समाज सेवामा सक्रिय यस क्लवले एकै पटक ३३ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेर महत्वपूर्ण कार्य गरेको बताए । उनले समाज सेवामा बार्षिक कार्यतालिका बनाएर दर्जनौं मानबिय कार्य गर्दै आएका यस क्लवले एकबर्षमै ठूलो संख्यामा छात्रबृत्ति वितरण गरेर विद्यार्थीलाई उत्प्रेरणा र हौसाला प्रदान गरेको उल्लेख गरे ।

    प्रथम डिष्ट्रिक भाइस गभर्नर मिलन थापाले लायन्स गण्डकीले विभिन्न समुदायिक विद्यालयमा अध्यायन गर्ने गरिब तथा जेहन्दार बिद्यार्थीलाइ सहयोग र हौसालाका लागि ठुलो संख्यामा छात्रबृत्ति प्रदान गरेकोमा प्रसांसा गरिन । उनले उच्च शिक्षा अध्यानपछि थप अध्यायन गर्न चाहने विद्यार्थीलाई सहयोग गर्न आपूmले तयार रहेको बताइन ।

    कार्यक्रम संयोजक एवं लायन्स क्लव आफ गण्डकीका पूर्व अध्यक्ष विमला श्रेष्ठका अनुसार पोखरा क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा अध्यायनरत गरिव तथा जेहन्दार ३३ जना छात्रछात्रलाई तीनलाख रुपैयाँको छात्रबृत्ति वितरण गरिएको हो । क्लवले उनीहरुलाई उच्च शिक्षा अध्यायन गर्ने बेलासम्म प्रत्यक बर्ष यो छात्रबृति नियमित रुपमा वितरण गर्ने श्रेष्ठले जानकारी दिइन ।

    कार्यक्रमा डिष्ट्रिक चिफ एडभाइजर प्रजापति बास्तोला, डिष्ट्रिक कोचिफ कृष्ण प्रसाद शर्मा, शिक्षक शरद राज सापकोटा, रिजनचियर पर्सन शोभा गौतम लगायतले मन्तब्य राखेका थिए ।

    क्लवका पूर्व अध्यक्ष पुजन शाक्यले संचालन गरेको कार्यक्रमको अध्यक्षता क्लव अध्यक्ष बबी शेरचनले गरेकी थिइन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.