• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा व्यावसायिक उडान भर्दै भुटानको ‘ड्रुक एयर’

  •    शुभेच्छा न्यूज  /११ भाद्र २०८०, सोमबार १४:३३ ,  प्रकाशीत
  • भुटानको ‘ड्रुक एयर’ पोखरा अन्तर्राष्ट्रिय विमानस्ठलमा व्यवासायिक उडान गर्ने भएको छ ।

    ड्रुकले भुटानको पारो इन्टरनेश्नल एयरपोर्टबाट पोखरा अन्तर्राष्ट्रिय उडान भर्ने भएको हो ।

    नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरले पोखरादेखि पारोमा हप्तामा ७ फ्लाइट गर्नेछ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हप्तामा ७ वटा फ्लाइट गर्ने गरी ड्रुक एयरले अनुमति पाएको जानकारी दिए ।

    यसअनुसार एयरले पहिलो उडान सेप्टेम्बर ९ का दिन गर्नेछ ।

    उनका अनुसार भुटानको ड्रुक एयर पोखरामा व्यावसायिक चार्टड फ्लाइट गर्ने पहिलो अन्तर्राष्ट्रिय एयरलाइन्स बन्ने छ । यसअघि, चीनको सिचुवान एयरलायन्सले जुन २१ मा पोखरामा चार्टड फ्लाइट गरेको थियो ।

    चिनियाँ एक्जिम बैंकको झण्डै २२ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण भएको यस विमानस्थल बैंकको ऋणमध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको बिनाब्याजको ऋण ब्यहोर्ने सर्तमा निर्माण भएको हो ।

    झण्डै ३७ सय रोपनी क्षेत्रफलमा निर्माण भएको विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को मामदण्डअनुसार ४ ‘डी’ मोडलमा निर्माण गरिएको छ ।

    यस विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० का जहाज अवतरण हुनेछन् । विमानस्थलको धावनमार्गको लम्बाइ २५ सय मिटर र रन वेको चौडाइ ४५ मिटर रहेको छ ।

    विमानस्थलका लागि सरकारले २०३२ मा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेको थियो । तर, त्यतिले नपुगेपछि ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो ।

    जुलाई २०२१ सम्ममा सञ्चालनमा ल्याउने लक्ष्क्षसहित निर्माण गरिए पनि बिश्वभर फैलिएको कोरोना संक्रमणका कारण डेढबर्ष पछि धकेलिएको यो विमानस्थलमा व्यावसायिक उडान हुन नसकेको अवस्थामा भुटानबाट हुने व्यावसायिक चार्टड फ्लाइटले आस जगाएको छ ।

    ड्रुक एयर भुटानको रोयल एयरलाइन्स अन्तर्गतको हवाई कम्पनी हो । यो एयर आजभन्दा ४२ वर्षअघि सन् १९८१ मा स्थापना भएको थियो ।

    यस्तै, हाल यो एयरले १३ स्थानमा व्यावसायिक उडान भर्दै आइरहेको छ । सुरुमा पारो–पोखरा उडान भरे पनि बिस्तारै पोखरा–दिल्ली–पारो उडान भर्ने कम्पनीको योजना रहेको बताइन्छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.