• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सराङ्गकोट सहकारीमा महिला भेला

  •    शुभेच्छा न्यूज  /११ भाद्र २०८०, सोमबार २०:३७ ,  प्रकाशीत
  • सराङ्गकोट बहुउद्धेश्यीय सहकारी संस्थाले बृहत महिला भेला सहकारी शिक्षा कार्यक्रम गरेको छ ।

    संस्थाले हरेक वर्ष महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा सचेतना सहितको कार्यक्रम गर्दै आएको छ ।

    संस्थामा रहेका महिला शेयर सदस्यहरुलाई कार्यक्रमको माध्यमले सहकारी ऐन, नियमको जानकारी सहित आपसी सम्बन्धको विस्तार गराउने उद्धेश्यले कार्यक्रम गरिदै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।

    सो कार्यक्रमको शुभारम्भ गर्दै संघीय सांसद विद्यादेवी भट्टाराईले सहकारीमा महिलाको सहभागिता हुनु महत्वपूर्ण रहेको र सहकारीको माध्यमबाट हुने रचनात्मक, सामाजिक, आर्थिक कार्यक्रमहरुले सकारात्मक सन्देश सहित देशको आर्थिक सहभागितामा सहयोग पुगेको बताइन् ।

    सहकारीको मुख्य खम्बा शेयर सदस्य नै रहेकोले कस्तो सहकारी बनाउने जिम्मेवारी संचालक सहित सवै सदस्यहरुको भूमिका महत्वपूर्ण रहने बताईन् ।

    २०६३ मा स्थापित संस्थाले सदस्यहरुको लागी आर्थिक सङ्गै रेडियो सराङ्गकोटको संचालन गर्दै हाल ६४ करोड कुल कारोबार गर्दै आएको कोषाध्यक्ष राममणि पौडेलले बताए ।

    कार्यक्रममा संस्थाकf सल्लाहकार रोहितराज बास्तोला, शोभियत बहादुर अधिकारी, पुर्व अध्यक्ष प्रेम बहादुर जि. सी, सृजना विकास केन्द्रका पूर्व अध्यक्ष इन्द्र पौडेल, राष्ट्रिय सहकारी बैँकका प्रबन्धक नरेश पाण्डे, सल्लाहकार इन्द्रकमल मानन्धर, लक्ष्मी पाण्डे , सचिव कुल सुवेदी, महिला समिति संयोजक माया कुमारी शर्मा, संस्थाका व्यवस्थापक सुरेन्द्र थापा, रेडियाे सराङ्गकोटका व्यवस्थापक योगेन्द्र श्रेष्ठ लगाएतले आ–आफ्नो धारणा राखेका थिए ।

    कार्यक्रममा राष्ट्रिय कलाकार युवराज भण्डारीको विशेष गाईजात्रे प्रस्तुती सहित विविध साँस्कृतिक प्रस्तुतीहरु राखीएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.