जिल्ला प्रशासन कार्यालय कास्कीले हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजमा खर्चिला र भड्किला कार्यक्रम नगर्न आग्रह गरेको छ ।
तिजका नाममा परम्परा र रितिरिवाज बाहिर रहेका तडकभडक, भड्कीला कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गर्दै यदि यस्तो कार्य गरेमा कानून बमोजिम कारवाही गरिने समेत कास्की प्रशासनले बताएको छ ।
मंगलबार सूचना जारी गदै प्रमेख जिल्ला अधिकारी बासुदेव घिमिरेले तिज मनाउने नाममा लडक भडक सहितका अत्यन्त खर्चिला कार्यक्रम नगर्न आग्रह गरेका छन् ।
तिज मनाउने नाममा तडकभडक सहितका खर्चिता कार्यक्रम गर्ने र जसका कारण विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुगेको देखिन्छ, सूचनामा भनिएको छ ।
आफ्नो रितिरिवाजलाई निरन्तरता दिने तथा सम्बर्द्धन गर्ने वाहेक अन्य कुनै पनि खालका खर्चिला र भड्किला कार्यक्रम तथा किक्रयाकलाप संचालन नगर्न नगराउनुहुन सम्पूर्ण जिल्लावासीमा अनुराध गरिन्छ, सूचनामा उल्लेख छ ।
तिजको अवसरमा सार्वजनिक स्थल पार्टी प्यालेसमा रकम संकलन गर्ने उद्देश्यले मेला, महोत्सव जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृती बिना आयोजना नगर्न आग्रह गरेको छ ।
यदि त्यस्ता गतिविधि जात्रा, मेला, महोत्सव, पार्टी जस्ता कार्यक्रमहरु गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने प्रशासनले आज जारी सूचनामा उल्लेख गरेको छ ।
सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली २०३३ र अन्य प्रचलित कानुनको विपरित हुने गरी कोही कसैले गतिविधि जात्रा, मेला, महोत्सव, पार्टी जस्ता कार्यक्रम नगर्न प्रशासनले आग्रह गरेको छ ।

Related