जुवाखालबाट पोखरामा पक्राउ परेका मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जना जनही २५ हजार धरौटीमा छुटेका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीले माग गरेको जनही २५ हजार धरौटी बुझाएर उनीहरु रिहाइ भएका हुन।
भदौ ७ गते पोखरा महानगरपालिका ८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट पक्राउ परेका उनीहरुलाई धरौटीमा रिहा गर्न प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले आदेश दिएका थिए ।
जुवाखालबाट ४ लाख ४७ हजार ८० रूपैयाँसहित अध्यक्ष लालचन, घरपझोङका इन्द्रबहादुर कार्की, नवीनप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन पक्राउ परेका थिए ।

Related