जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीलाई बिकासमा नमुना बनाउने गरी काम गर्न कास्कीका स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गरेका हुन।
पौडेलले जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि वडा सदस्यहरूको लागि क्षमता अभिबृद्धी तालिमको समापनको अबसरमा बिकासका काम युग सुहाउदो, समय सापेक्ष हुनु पर्ने उल्लेख गरे ।
उनले जनप्रतिनिधिहरूको सबलीकरणमा तालिम कोषेढुंगा साबित भएको दाबी गरे ।
प्रमुख पौडेलले बिकासमा गुणस्तरिय सेवा प्रबाहमा स्थानीय तहका प्रतिनिधिहरूको कार्यकाल एतिहासिक र स्वर्णिम हुनुपर्ने बताउँदै
तालिमबाट प्राप्त ज्ञान सिपलाइ अब्बलरूपमा ब्यबहारमा उतार्न आग्रह गरे ।
जिल्ला समन्वय अधिकारी नवराज बरालले क्षमता निरन्तर बढाउन जरूरी रहेको भन्दै सम्बृद कास्कीको लागि तालिम फलदायी भएको दाबि गरे ।
मंगलबार जिल्ला समन्वय समिति कास्कीले चारवटा गाउँपालिका र बुधबार पोखरा महानगर अन्तर्गतका वडा सदस्यहरू सहभागी भएको क्षमता बिकास तालिम आयोजना गरेको थियो ।
कार्यक्रममा बिकासका योजना छनोट ,प्रक्रिया, विधि स्थानीय सरकार संचालनमा वडा सदस्यको भुमिका,बिद्यमान ऎन कानुन लगायतका बिषयमा प्रशिक्षण प्रदान गरिएको सो कार्यालयका सूचना अधिकारी झबिश्वर रेग्मीले उल्लेख गरे ।
कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे, जिल्ला समन्वय अधिकारी नवराज बराल, शाखा अधिकृत झबिश्वर रेग्मी लगायतले सहजीकरण गरेका थिए।
जिसस कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप -प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए।

Related