• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) द्धारा पोखराका चार महिला सम्मानित

  •    शुभेच्छा न्यूज  /१५ भाद्र २०८०, शुक्रबार १९:११ ,  प्रकाशीत
  • आर्थिक विकासका लागि पर्यटन व्यवसायमा महिला भन्ने नाराका साथ स्थापना भएको महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले समाज रुपान्तरणमा योगदान पु¥याएका पोखराका चार महिलालाई सम्मान गरेको छ ।

    “गण्डकी प्रदेशको दिगो पर्यटन, सांस्कृतिक पर्वहरुको प्रवद्र्धन” गर्न उद्देश्यका साथ आयोजना गरिएको तिज विशेष नारी सम्मान कार्यक्रम २०८० मा प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले उनीहरुलाई सम्मान गरेकी हुन् ।

    सम्मानीत हुनुहुनेमा हिंसा पीडित महिला एवं मानसिक स्वास्थ्यको क्षेत्रमा क्रियाशिल अधिकारकर्मी विना सिलवाल, पर्यापर्यावरण संरक्षण एवं महिला, बालबालिकाको न्यायका पक्षमा आवाज उठाउँदै आएकी अधिवक्ता भगवती पहारी, पर्यटन व्यवसायी एवं बालबालिकाको क्षेत्रमा क्रियाशिल अभियन्ता गोमा ढकाल र पाँचवटा क्यान्सरसँग जुधेर पनि सक्रिय उद्यमी जीवन व्यतित गरिरहेकी महिला उद्यमी एवं अभियन्ता लक्ष्मी शर्मा भट्टराई रहेका छन ।

    सम्मान कार्यक्रममा प्रतिनिधि सभासदस्य विद्या भट्टराईले समाज रुपान्तरणमा महिलाको योगदानको चर्चा गर्दै तीज पर्व पछिल्लो समय महिलाको महान पर्वको रुपमा विकसित हुँदै एक अर्काबीच माया बाड्ने स्वतन्त्रताको पर्वको रुपमा स्थापित हुँदै गएको बताइन ।

    उनले सामाजिक विकासक्रमसँगै संस्कृतिहरु पनि हस्तान्तरण हुँदै जाने र समुदायले अपनत्व लिने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिइन । उनले तीज पर्वका विषयमा विभिन्न टिकाटिप्पणी आइरहेको सन्दर्भलाई जोड्दै तीज पर्व पनि सरकारसँग जोडिन पुगेको बताइन ।

    समुदायको भावना र सद्भावलाई कायम राख्न सरकारले नियन्त्रणकारी सोच नराखी सहजकर्ताको भुमिका निभाउनु पर्ने उनको भनाइ थियो । भट्टराईले सरकारको नियन्त्रणकारी सोचले समाजमा अन्तरविरोध एवम् विखण्ड पैदा गर्न भएकाले पर्वलाई कसरी सबैले मनाउन सक्छन् भन्ने विषयमा सहजीकरण गर्नुपर्ने दायित्व सरकारको भएको बताइन ।

    उनले पोखरा पर्यटकीय गन्तव्यसँगै आर्थिक रुपमा गतिशिल शहरको रुपमा विकास गर्न सबैको साझा र स्पष्ट दृष्टिकोण हुनुपर्नेमा जोड दिइन ।

    कार्यक्रमा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य देवका पहारीले पर्यटन क्षेत्रमा महिला पर्यटन व्यवसायीको योगदान उल्लेखनीय रहेको जनाउँदै चाड पर्वलाई महिला शसक्तीकरणसँग जोडेर अगाडि लानुपर्ने बताइन ।

    सामाजिक समानताको अभियानमा यस्ता पर्वलाई माध्यम बनाएर समग्र विकासका लागि साझा धारणा र दृष्टिकोणको आवश्यकता रहेको उनको भनाइ थियो ।

    कार्यक्रममा सम्मानित चारैजना व्यक्तित्वले सामाजिक क्षेत्रका लाग्दा भोग्नु परेको आफ्नो अनुभव सुनाउँदै सम्मानले थप क्रियाशिल हुन ऊर्जा मिलेको भनाइ राख्खेका थिए ।

    महिलालाई साँधुरो घेरामा नभइ वृहत रुपमा स्वतन्त्र र खुला रुपमा बहस गर्ने वातावरण सृजना गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले परिवर्ततित समयसँग चाड पर्व मान्ने मनाउने तरिका पनि बदलिदै गएको जनाउँदै तीज पर्वलाई गलत व्याख्या नगरी महिला अधिकार स्वतन्त्रताको पर्वको रुपमा मनाउनुपर्नेम जोड दिइन ।

    कार्यक्रममा संस्थाका अध्यक्ष उमा भण्डारीले तीज पर्वले महिलामा उत्साह उमंग र ऊर्जा दिने भएकाले पर्वको महत्व र महिमा लागि सकारात्मक रुपमा लिएर कार्यक्रमको आयोजना गरिएको बताइन ।

    उनले संस्थाले स्थापना देखिनै महिला सशक्तिकरणका लागि विभिन्न कार्य गर्दै आएको र आगामी दिनमा पर्यटन क्षेत्रको विकाससँगै सदस्यहरुको नेतृत्व विकासमा जोड दिएर कार्यक्रम गर्दै जाने बताइन ।

    कार्यक्रमकमा संस्थाका महासचिव लक्ष्मी लामिछाने सञ्चालन र कार्यक्रम संयोजक विकल्प बोगटीले स्वागत मन्तब्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.