पोखराका मुख्य सडक तथा चोकहरु सडक बत्ती र हामास्ट बत्तीले झिलमिल भएको छ ।
नेपाल विद्युत् प्राधिकरण र पोखरा महानगरको १४ करोड ६५ लाख रुपैयाँ लगानीमा उज्यालो पोखरा अभियान सुरु भएको छ ।
प्राधिकरण र महानगरको ५०/५० प्रतिशत लागत साझेदारीको उक्त अभियान अभियान सुरु भएको छ ।अभियानअन्तर्गत पोखराका मुख्य–मुख्य चोकमा हाइमास्ट लाइट र अन्य स्थानमा स्मार्ट सडकबत्ती राखिएको हो ।
अभियानअन्तर्गत महानगरका विभिन्न २३ स्थानमा हाइमास्ट लाइट र दुई हजार सातवटा स्मार्ट सडकबत्ती जडान गरी पोखरा क्षेत्रको ६० किलोमिटर सडकलाई झलिमिली बनाइएको छ ।
पोलको उचाई १६ मिटर रहेको हाइ मास्ट लाइटमा दुई सय वाट पावरका आठ वटा बत्ती रहेका छन् । स्मार्ट बत्ती जडान गर्नका लागि चार सय ३९ वटा नयाँ पोल जडान गरिएको छ ।
स्मार्ट बत्तीमा १२० र ९० वाटका बत्ती प्रयोग गरिएको छ । बत्तिको आयु ५० हजार घण्टा अर्थात झण्डै ११ वर्ष तोकिएको योजनामा ठेकेदार कम्पनी टपसन इनर्जी प्रालिले निर्माण पूरा भएको ५ वर्षसम्म मर्मत सम्भार गर्नेछ ।
स्वचालित प्रविधिमा आधारित बत्ती सूर्यास्तसँगै बल्ने तथा सूर्योदयसँगै निभ्ने गर्दछ । बत्तीको चहकिलोपना उज्यालोको प्रकाश अनुसार स्वचालित रूपमा घटबढ हुने समेत बताइएको छ ।
स्मार्ट बत्ती मोबाइल र ल्यापटपबाट नै नियन्त्रण गर्न सकिने गरी जडान गरिएको छ । जडान गरिएका बत्तीको उत्पादक सिग्नफाई इन्डिया प्रालिले गरेको हो ।

Related