• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

१ हजार ५ सय जनाको उजुरीपछि ढोरपाटनका मेयर नेपालीविरुद्ध ‘रेडकर्नर नोटिस’ जारी

  •    शुभेच्छा न्यूज  /२१ भाद्र २०८०, बिहीबार १६:५८ ,  प्रकाशीत
  • डेढ अर्ब भन्दा बढी सहकारीका वचतकर्ताको रकम लिई फरार भएका ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ।

    खोजविन गर्दा पनि उनी पक्राउ नपरेपछि रेडकर्नर नोटिस जारी गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले वताए ।

    विदेशमा लुकेर वसेको आशंकामा प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखाले रेडकर्नर नोटिस जारी गरेको हो ।अब विश्वभर इन्नटरपोलमा आवद्ध देशहरुका सुरक्षाकर्मीको सहयोगमा पक्राउ गरिनेछ।

    इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका मेयर नेपाली जेठ ५ गतेदेखि सम्पर्कविहीन भएका थिए । बागलुङमा मुख्य कार्यालय र पोखरामा शाखा सञ्चालन गरी मेयर नेपालीले बचतकर्ताको रकम लिएर फरार भएका हुन् ।

    मेयर नेपाली फरार भएपछि उजुरी आह्वान गरिएको थियो। मेयर नेपाली लगायत सहकारी सञ्चालकविरुद्ध १ हजार ४८१ जनाले उजुरी दिएका छन्।

    बागलुङमा मात्रै सहकारीले ८ सय सेयर सदस्य र ३ हजार २ सय जना बचतकर्ताको डेढ अर्ब बढी रुपैयाँ बचत अपचलन गरेको प्रारम्भिक छानबिनले देखाएको छ।

    मेयर नेपालीसहित ११ जना सञ्चालकविरुद्ध २५ असारमा बागलुङ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.