• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक व्यावसायिक उडान

  •    शुभेच्छा न्यूज  /२३ भाद्र २०८०, शनिबार ११:५६ ,  प्रकाशीत
  • पाेखरा अन्तर्राष्ट्रिय विमान्स्थलबाट व्यावसायिक उडान सुरु भएकाे छ।

    शनिबार बिहान ड्रुक एयरको विमान ३९ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानकाे पाराे विमानस्थलका लागि उडान भरेकाे छ।

    रोयल भुटानको एयरबस ३१९ (ए३१९) काे जहाज शनिबार बिहान पाेखरा विमानस्थलमा अवतरण गरेकाे थियाे।

    पोखरा आइपुगेका अमेरिकी पर्यटकहरू जहाज चार्टड गरेर भुटान गएका हुन्। जहाजमा चालक दलका तीन जना सदस्यसहित ४२ जना रहेका छन्।

    पोखराबाट थिम्पु जान लागेका पर्यटकलाई पोखरा विमानस्थलमा खादा तथा माला लगाएर बिदाइ गरिएको छ।

    गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगर प्रमुख धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, पर्यटन व्यवसायीलगायतले यात्रुहरूको बिदाइ गरेका हुन्।

    भारत, नेपाल र भुटान घुम्ने गरी आएका अमेरिकी पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन्। जहाज भारतीय एजेन्सीले नै चार्टर गरेका थिए।

    यसअघि चीनको छेन्दुकबाट आएको सिचुआन एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

    ड्रागन बोर्ट प्रतियोगितामा सहभागी खेलाडी तथा अफिसियलसहितको टोली चार्टर मार्फत पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान भए पछि हाल भुटानबाट भने व्यवसायीक उडान भएको हो ।

    चार्टर्ड उडानको रिपोर्टका आधारमा ड्रुकले भुटानबाट नियमित उडानको समेत आश्वासन दिएको प्राधिकरणले जनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा १ जनवरी २०२३ का दिन उद्घाटन भएको थियो ।

    यसअघि गत असार पहिलाे साता चीनको सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे पनि यात्रु नलिइ रित्तै फर्किएकाे थियाे।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.