सूर्यदर्शन बचत तथा ऋण सहकारीका सञ्चालक जीबी राई सहित ७ जना बिरुद्ध पक्राउ पुर्जी जारी
तपाईको प्रतिक्रिया





सूर्यदर्शन बचत तथा ऋण सहकारीका सञ्चालक जीबी राईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक समेत रहेका गितेन्द्र राई (जीबी) सहितको समुहबिरुद्ध ९ सय ७१ बचतकर्ताहरूले आफ्नो १ अर्ब ८ करोड ११ लाख ८६ हजार ८ सय ३९ रूपैयाँ डुबेको भन्दै उजुरी दिएका हुन ।
बचतकर्ताहरूले जाहेरी दिएको आधारमा उनी सहित ७ जना बिरुद्ध पक्राउ पुर्जी जारी भइसकेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।
’अहिले यस सहकारीको अध्यक्षमा थानबहादुर बुढा छन् । त्यस्तै कोषाध्यक्षमा जीबीका मुख्य सहयोगी कुमार रम्तेल रहेका छन्।
सहकारीको कुल कारोबार १ अर्ब ५५ करोड रहेको देखिएको छ। । पोखरा, काठमाडौं, बुटवल, वीरगन्ज, चितवन, नेपालगन्ज, ललितपुर लगायतका ठाउँमा विभिन्न नाममा संचालित रहकारी रहेका छन ।
यस समुहका विभिन्न सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी बचत रकम रहेको बताइन्छ ।
Related