• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

जिल्ला समन्वय समिति कास्कीले गुनासो डेस्क स्थापना गर्ने

  •    शुभेच्छा न्यूज  /२५ भाद्र २०८०, सोमबार १८:३७ ,  प्रकाशीत
  • जिल्ला समन्वय समिति कास्कीले गुनासो तथा उजुरी डेस्क स्थापना गर्ने भएको छ ।

    कास्कीका स्थानीय तहमा संचालित विकास आयोजना तथा विभिन्न कार्यालय र स्थानिय तहका काम प्रभाबकारी बनाउदै जनाताका गुनासा ब्यबस्थापन गर्न गुनासो डेस्क स्थापना गर्न लागिएको प्रमुख लिलाधर पौडेलले जानकारी दिए ।

    कास्कीका बिकास आयोजनामा हुन सक्ने संभाबित कमिकमजोरीलाई न्यूनीकरण गर्दै गुणस्तर कायम गर्न छिट्टै डेस्क स्थापना गर्ने उनले उल्लेख गरे । प्रमुख पौडेलले डेस्क मार्फत कास्कीका सेवाग्राहीहरूले सेवा प्राप्त गर्दा भोग्नु परेका समस्यासंगै बिकास आयोजनाका राम्रा, नराम्रा प्रतिक्रिया र सुझाव विभिन्न माध्यमबाट प्रदान गर्ने ब्यबस्था गर्ने बताए ।

    पौडेलले सो कुरा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा आर्थिक बर्ष २०७९–८० को बार्षिक कार्यक्रमको समिक्षा तथा आर्थिक बर्ष २०८०–८१ को बार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयन तालिका सम्बन्धि तीन दिने समिक्षात्मक कार्यक्रमको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन ।

    पौडेलले सुसासन बिना बिकास संभब नहुने र बिकास बिना समृद्धि संभब नभएको हुँदा देश र जनताको समृद्धिका पक्षमा लाग्नुको विकल्प नभएको उल्लेख गरे ।

    बिकासका लागि छुट्याइएको बजेट पूर्णरूपमा उपयोग होस कहिँ कतै ढिलासुस्ती र अनियमितता भएको देख्न सुन्न नपर्ने गरि कार्यालय प्रमुखले सम्पादन गर्नु पर्ने बताए । उनले राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधि सबैले समन्वयात्मक तवरले काम गरेको अवस्थामा जनताको गुनासो अन्त्य हुने उल्ल्ेख गरे । ।

    पौडेलले चालु आर्थिक बर्षको कार्यसम्पादन योजना सहित अगाडी बढ्न क्यालेन्डर नै निर्माण गरि चरणबद्ध काम गर्न आग्रह गरे ।

    सो अबसरमा रूपाताल संरक्षण एकीकृत बिकास परियोजना, खानेपानी तथा ढल निकास आयोजना पोखरा,खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जा ,संघीय आयोजना कार्यान्वयन इकाई ,स्थानीय पूर्बाधार बिकास आयोजना कार्यालय, सडक डिभिजन पोखरा,पुष्पलाल मध्य पहाडी सडक आयोजना,मुग्लिङ पोखरा सडक योजना पश्चिम खण्ड,पूल सेक्टर पोखरा र संघीय पूर्बाधार बिकास कार्यालय लगायतले बार्षिक समिक्षा सहित बजेट कार्यान्वयन तालिका प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी नबराज बरालले जानकारी दिए ।

    सोमबारदेखि शुरु भएर तिन दिन सम्म संचालन हुने कार्यक्रमा बार्षिक कार्ययोजना निर्माण गरी सोही मुताबिक आयोजना गरि कार्यक्रम डाकिएको थियो ।

    प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत उप –प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.