बजारमा ब्यापकमात्रमा दुरुपयोग भएपछि औषधि व्यवस्था विभागले टापेन्टाडोल नामक औषधिलाइ विना रेकर्ड विक्रिवितरणमा रोक लगाएको छ ।
पछिल्लो समय औषधि ब्यवसायीको मिलेमतोमा लागूऔषध प्रयोगकर्ताले अत्याधिक दुरुपयोग गर्न थालेपछि विभागले टापेन्टाडोलका एकल तथा समिश्रण औषधिहरू अस्पतालका फार्मेसीबाट मात्रै बिक्री वितरण गर्न निर्देशन दिएको हो ।
टपेन्टाडोल औषधि घाउ चोट हाड, मसल,नशा रोगको बिरामी तथा अन्य दुखाइमा पेन किलरको रूपमा प्रयोग गरिन्छ । यस औषधि देशका प्रमुख शहर काठमाण्डौं, पोखरा, विराटनगर, धरान, बिरगंज, नेपालगंज लगातका ठाउँमा ब्यापकमात्रमा लागूऔषध प्रयोगकर्ताहरुले दुरुपयोग गर्दै आएका थिए ।
विभागले यस्ता औषधिहरू अस्पतालबाहेकका फार्मेसीमा मौज्दात भए तीन दिनभित्र फिर्ता गर्न र आइन्दा बिक्री नगर्न पनि निर्देशन दिएको छ ।
अस्पतालको फार्मेसीले पनि यी औषधिहरू चिकित्सकको सिफारिसबिना बिक्री गर्न पाउने छैनन् । औषधि दिँदा प्रेस्किप्सनको रेकर्ड राख्न विभागले भनेको छ ।
पछिल्लो समय बजारमा खुलम्खुला सिमित औषधि ब्यवसायले युवालाइ टापेन्टाडोल विक्रिवितरण गरेपछि प्रहरीले समेत हैरानी ब्यहोर्दै आएको थियो ।
प्रहरीले युवाहरुबाट यस औषधि बरामद गरेर ब्यवसायी सम्म पुग्दा समेत औषधि ब्यवस्था विभागले नार्कोटिकस् औषधिको समुहमा सूचिकृत नगरेको बहानामा छुटकारा पाउँदै आएका थिए ।
ब्यावसायीहरुको छातासंगठनले पनि यो औषधिको बिक्रि गरेको भेटेर विक्रेतालाइ पक्राउ गर्दा पनि यो विभागको रेकर्ड सूचिमा नभएको रटान लगाउँदै प्रहरीकोमा दवाव दिदै आएका थिए ।
पोखरामा यही टापेन्टाडोल विक्रि गरेको आरोपमा बैदाम र लागूऔषध ब्यूरोका प्रहरीले औषधि विक्रेतालाइ पक्राउ गर्दा ब्यसायी संघले बचाउ गर्ने गरेका थिए ।
पछिल्लो समय औषधि ब्यवस्था बिभागले डाक्टरको प्रिस्केप्सन बिना विक्रिवितरणमा ट्रामाडोल र टापेन्टाडोल नामक औषधिलाइ प्रतिबन्ध लगाएसंगै कुनै पनि औषधि ननरेकर्डेडट भएपनि दुरुपयोग भएको अवस्थामा रेकर्डेट हुन्छ भन्ने प्रमाणित गरेको छ ।
यस अघि सम्म ब्यवसायीले विभागले नारकोटिक्स समुहमा नराखेकाले आपूmखुशी बेच्न पाउने तर्क गर्दे खुलमखुलाइ औषधिको दुरुपयोग गर्दै आएका थिए ।

Related