• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको फोहर मैला ब्यवस्थापन सहित रोजगारी श्रृजना गर्न महानगर र कोइकाबिच हस्ताक्षर

  •    शुभेच्छा न्यूज  /३० भाद्र २०८०, शनिबार १०:२९ ,  प्रकाशीत
  • पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बिच पोखरा महानगरपालिकामा रिसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना सम्बन्धी पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको छ ।

    सो पत्रमा पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख धनराज आचार्य र कोइकाको तर्फबाट उपप्रमुख युन यंग लीले हस्ताक्षर गर्नुभएको हो ।

    पोखरा महानगरपालिका र कोइका बिचको समझदारीलाई बलियो बनाउने उद्देश्यले पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको दुवै पक्षको बुझाई छ ।

    यसअघि नै कोइका र महानगरपालिका बिच ३० अगस्ट २०२३ मा परियोजना सम्बन्धी प्रारम्भिक मस्यौदामा हस्ताक्षर भैसकेको छ । हाल सो परियोजना नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबिच स्वीकृतिको अन्तिम प्रक्रियामा रहेको छ ।

    प्रतिबद्धता अनुसार कोइकाले हरित अर्थतन्त्रमा योगदान पु¥याउने दिगो रिसाइकल र अप–साइकल (आरयू) उद्यमहरूलाई बढवा दिन उपयुक्त माध्यम सिर्जना गर्नेछ, जसले महानगरपालिकाका कर्मचारी, सरकारी सरोकारवाला र आरयू उद्यमहरूको क्षमता निर्माण गरी हरित रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ ।

    यस्तै ग्रिन भेन्चर जोन (जीभीजेड) स्थापना गर्ने र नयाँ तथा आरयू उद्यमहरूलाई व्यवसाय इन्क्युबेशन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गर्नेछ । फोहरमैला सचेतना सम्बन्धी नागरिक व्यवहारमा परिवर्तन ल्याउन यस परियोजनाले महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।

    प्रतिबद्धता अनुसार ग्रिन भेन्चर जोन (जिभीजेड) स्थापना गर्न महानगरपालिकाले पोखराको वडा नम्बर ६ वसुन्धरा पार्कमा ५ हजार ९० वर्ग मिटर क्षेत्रफल उपलब्ध गराउनेछ ।

    हरित अर्थतन्त्रमा योगदान पु¥याउने दिगो आरयू उद्यमहरूलाई बढवा दिन उपयुक्त वातावरण सिर्जना गर्न महानगरपालिकाले पर्याप्त र आवश्यक मानव संसाधनहरू विनियोजन गर्नेछ । हरित अर्थतन्त्रमा योगदान पु¥याउने आरयू उद्यमहरूलाई बढवा दिन दिगो नीतिको सुनिश्चितता सहित महानगरपालिकाले परियोजनाको स्वामित्वमा लिनेछ ।

    कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का उपप्रमुख युन यंग लीले यस परियोजनाले युवाहरूका लागि रोजगारी सृजनामा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।

    उनले पोहोर मैलाको उचित व्यवस्थापन मार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि आवश्यक रहेको बताए ।

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फोहोर मैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको बताउँदै यसलाई मोहोरमा बदल्ने प्रयास स्वरूप हरित रोजगारी सृजनामा जोड्न लागिएको बताए । उनले भने,“यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने र फोहोरबाट मोहोर आर्जन हुनेछ ।”

    कोइकाका उपप्रमुख लीले नगर प्रमुख आचार्य सहित पोखरा महानगरपालिका, कोइका र युएनडिपीको साझेदारीमा सहरी क्षेत्रमा विद्यमान चुनौतीहरू सामना गर्न हरित रोजगारी प्रवर्द्धन तथा चक्रीय अर्थतन्त्रको बारेमा उद्यमी तथा नवप्रवर्तकहरु मार्फत नवीन प्रविधि तथा पहलहरूको प्रदर्शनीको समेत अवलोकन गरेका छन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.