• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरका १६ र १९ वडामा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन

  •    शुभेच्छा न्यूज  /२ आश्विन २०८०, मंगलवार १०:१२ ,  प्रकाशीत
  • पोखरा महानगरपालिका वडा नं.१६, १९ र नवआदर्श सामुदायिक विकास समाज लामाचौर तथामातृशिशु मितेरी अस्पताल बिच निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।

    वडा कार्यालयको आमा पोषण कार्यक्रम अन्तरगत नागरिकहरूलाई महानगर भित्रका अस्पतालसम्म पुग्नका लागि नवआदर्श सामुदायिक विकास समाजले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा वडा अध्यक्षद्धय अमृत शर्मा तिमील्सीना, पुष्पेन्द्र पाण्डे, समाजका अध्यक्ष स्वागत मानसिं भण्डारी र अस्पतालका स्वास्थ्य सेवा प्रमुख धर्मदेव ढकालले हस्ताक्षर गरेका छन ।

    सम्झौता अनुसार नवआदर्श सामुदायिक विकास समाजले पोखरा १६ र १९ का वडावासीलाई बिरामीभई उपचारका लागि अस्पतालसम्म जानका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने छ । उपचार पश्चात् घर फर्कन परेमा एम्बुलेन्स तथा उपचारका क्रममा मृत्यु भएमा सववाहन सेवा समेत समाजले उपलब्ध गराउनेछ ।

    तर, सेवाका लागि पोखरा १६ र १९ मा स्थायी बसोबास गरिरहेको भन्ने प्रमाण खुल्ने कागज भने सेवा ग्राहीले अनिवार्य रूपमा उपलब्ध गराउनु पर्नेछ ।

    सेवा बापत वडा कार्यालयहरूले समाजलाई भुक्तानी दिनेछ । आफ्ना नागरिकहरूका लागि निःशुल्क व्यवस्था गरिएको भए पनि वडा कार्यालयको तर्फबाट भने सेवा बापतको रकम भुक्तानी गर्ने व्यवस्था सम्झौतामा उल्लेख छ ।

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको रोहवरमा गरिएको उक्त सम्झौता एक वर्षसम्म कायम रहनेछ ।

    सम्झौता अनुसार पोखरा १६ र १९ का जनताले नवआदर्श सामुदायिक विकास समाज र मातृशिशु मितेरी अस्पतालद्वारा सञ्चालित एम्बुलेन्स तथा शव वाहनबाट चौबिसै घण्टा निःशुल्क सेवा लिन सक्ने पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सीनाले बताए ।

    एम्बुलेन्स सेवाका लागि नवआदर्श समाजको फोन नं ०६१–४४४१००, ९८५६०१५२०६, ९८५६०१६२०६ तथा मातृशिशु अस्पतालको ०६१–४४३१४४ मा सम्पर्क गर्न सकिने व्यवस्थामिलाइएको पोखरा १९ का वडा अध्यक्ष पाण्डेले बताए ।

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वास्थ्य सेवामा नगर बासीहरूको सहज पहुँच र्पुयाउनका लागि यस प्रकारका समझदारीहरूले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।

    सेवा बापतको रकम वडा कार्यालयको तर्फबाट भुक्तानी हुने भएपछि सेवाग्राही नागरिकलाई यसले ठुलो राहतपुग्ने उहाँले बताए । रातको समयमा अप्ठ्यारो परेका बेला शुल्कक ाविषयमा झमेला नगरी निर्बाध सेवा लिनपाउने व्यवस्था नागरिकका लागि राज्यले बहन गरेको महत्पूर्ण जिम्मेवारी भएको उनले उल्लेख गरे ।

    पोखरा महानगरपालिकाद्धारा सञ्चालित शिशुवा अस्पतालले पनि अत्याधुनिक एम्बुलेन्स सेवा प्रदान गरिरहेको छ ।

    नागरिकको स्वास्थ्य सेवाका लागि महानगर मातहतमा १ अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्र, १९ स्वास्थ्य चौकी, २ आयुर्वेद औषधालय, १ सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, २३ सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.