पोखरामा संचालित नाइस नेपाल गार्मेन्ट उद्योग प्रालि आठौं वर्षमा प्रवेश गरेको छ ।
पोखराको लेकसाईडमा २०७३ साल भदौदेखि १० जना व्यवसायीले संयुक्त रुपमा नेपाली उत्पादनलाई प्राथमिकता दिने उदेस्य सहित उद्योगको सुरुवात गरिएको थियो ।
उद्योगले सातौं वर्ष पूरा गरेको उपलक्ष्यमा आयोजित अन्तरक्रियाको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष प्रवनकुमार प्रजापतिले उद्योगबाट पोखराको पहिचान झल्काउने किसिमका सामाग्रीहरू तयार गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले उद्योगी, व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नु आवश्यक भएको बताउँदै पोखरा उद्योग वाणिज्य संघ निरन्तर उद्योगी, व्यवसायीका पक्षमा रहेको बताए ।
अध्यक्ष प्रजापतिले उद्योगबाट उत्पादित समानको प्रवद्र्धनका लागि संघले पोखरामा गर्दै आएको मेलाको आगामी संस्करणमा निशुल्क व्यपारिक कक्ष (स्टल) उपलब्ध गराउने बताए ।
संविधानसभा सदस्य परशुुराम रम्तेलले नेपाली वस्तुको उत्पादनका माध्यमबाट आत्मनिर्भर अर्थतन्त्रको विकासमा योगदान गर्नु आँफैंमा महत्वपूर्ण रहेको बताए ।नाइस नेपाल गार्मेन्ट उद्योगका अध्यक्ष रन नारायण श्रेष्ठको अध्यक्षता एवम् सचिव गोकर्ण लम्सालले सञ्चालन गरेको कार्यक्रममा स्वागत शेयर सदस्य टीकाबहादुर लम्सालले गरेका थिए । संस्थाको वार्षिक प्रतिवेदन गोकर्ण लम्सालले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नाइस नेपाल गार्मेन्ट उद्योगका निवर्तमान अध्यक्ष कमलबहादुर सापकोटा, इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा) पोखराका अध्यक्ष इन्द्रप्रसाद भण्डारी, एगाका पूर्व अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जिवी पोख्रेल, एगाका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, संस्थापक अध्यक्ष बेदप्रकाश पाण्डे लगायतले नेपालको चिनारी दिने समाग्री तयार गरी गार्मेन्ट उद्योगका माध्यमबाट व्यवसायीहरूले सरकारको विना लगानी नै नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुु¥याउने गरेको धारणा राखेका थिए ।
उक्त अवसरमा उद्योगले उत्पादन गरेका समान अधिकतम विक्री वितरण गरी व्यापार प्रवद्र्धनमा योगदान गरेको भन्दै शालिकराम भट्ट, एकनारायण श्रेष्ठ, शिवराम श्रेष्ठ, नारायणप्रसाद पोख्रेल र यमनाथ सुवेदीलाई सम्मान गरिएको थियो ।

Related