पोखरा महानगरपालिकाले विद्यालयमा नियमित पठनपाठन गर्न शिक्षकहरूलाई निर्देशन दिएको छ ।
शिक्षकहरू शिक्षा विधेयकको विरोधमा आन्दोलनमा जाँदा पठनपाठन अवरुद्ध भएपछि महानगरले सिकाइका क्रियाकलाप पूर्ववत्रूपमा नियमित सञ्चालन गर्न निर्देशन दिएको हो ।
शिक्षकहरुले आन्दोलनका कार्यक्रमहरू अगाडी बढाउँदा बिद्यार्थीहरुको निर्बाध शिक्षा हासिल गर्न पाउने नैसर्गिक अधिकारको हनन हुन पुगेको उल्लेख गर्दै महानगरले शिक्षकका मागप्रति महानगर संवेदनशील रहेको पनि जनाएको छ ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा ‘विद्यालय क्षेत्र शान्ति क्षेत्र भएकाले यसको मर्म, भावना, मूल्य र मान्यतालाई आत्मसाथ गर्दै बिद्यार्थीहरुलाई विना अवरोध पढ्न पाउने अधिकारबाट बञ्चित नगर्न तथा विद्यालयहरूमा नियमित पठनपाठन गराउँदै शिक्षण सिकाइका क्रियाकलापहरू पुर्ववत् रूपमा नियमित सञ्चालन गर्न सरोकारवाला सवैमा आग्रह गरिएको छ ।

Related