• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल

  •    शुभेच्छा न्यूज  /४ आश्विन २०८०, बिहीबार १०:३६ ,  प्रकाशीत
  • असोज ०४ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

    तुलसी भारद्वाज

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
    काममा कठिनाई सहनु पर्ला, होसीयारी पूर्वक गर्नुहोला । यातायातका साधनबाट पनि जोग्गिनु होला । विशेष योजना गोप्य राख्नुहोला । बन्न लागेको काम पनि बिग्रन सक्ने दिन छ, होस पुर्याउनु होला । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ, त्यसै त्यसै दिक्क लागेर आउनेछ ।

    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
    सहयोगीहरूले काममा साथ दिनेछन् । अनौठो तरिकाबाट रुपैँया पैसा प्राँप्त हुने दिन रहेको छ । आम्दानी प्रशस्तै बढ्नेछ । नँया योजनाहरुको पनि सिर्जना हुने दिन छ । परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिनेछ । अधुरा काम बनी मन हर्षित हुने दिन छ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
    मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ । पूराना साथीभाइसँग पनि भेट होला । भौतिक साधन जुट्नेछन् । नउठ्ने रकम उठ्ने दिन छ, मन प्रफुल्ल रहला । प्रयास गर्दा प्रेममा सफलता पाउने र बैवाहिक बन्धन प्राप्तीको योग छ, टाढाको यात्रा पनि होला ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
    परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन्, विचार गर्नुहोला । ईष्या गर्नेहरू सक्रिय रहनेछन् । छर छिमेकमा झगडा हुन सक्छ, एकदमै सावधान रहनुहोला । गलत विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने साथै झै झगडा पनि होला ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
    प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । नयाँ काममा समय मात्र बित्नेछ । नोकरीमा आज अल्छी लाग्न सक्छ । व्यापारमा सफलताले मन रमाउन छ । धन मनग्य कमाउने अवसर मिल्नेछ । जागिरमा पनि ठिकै छ ।

    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
    मान सम्मान बढ्नेछ । सुखको अनुभुति हुनेछ । सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, समग्रमा दिन रमाइलो छ । ठूला व्यक्तिको आशा र भरोसा पनि तपाई प्रति रहनेछ । बोल्दा धेरै कामहरु सहज हुनेछन् ।

    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
    कुनै नँया कामको स्रोत फेला पर्ने दिन छ । जागिरमा भने समस्या देखा पर्ने देखिन्छ । व्यावसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जाने छ । विविध लाभ पनि होला । सहयोग र नयाँ मित्रको आगमनले अन्तत आफ्नो मन प्रसन्न हुनेछ । धनको लाभ पनि होला ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज तपाइको सोच्दै नसोचेको ठाँउमा धन जादैछ, सामान्य रोगले पनि सताउने छ, होसियार रहनुहोला । उपचारमा खर्च हुने योग छ । सामान्य ज्वरो आउन सक्छ, खानपानमा होस पुर्याउनु होला । परिश्रमले आफ्नो लक्ष्य पुरा गर्न सकिनेछ । नोकरी र राजनितीमा केहि अप्ठ्याराको सामना गर्नुपर्ने छ ।

    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
    विचारले धेरैलाई आकर्षण गर्ने समय छ । साथै, ब्यापार ब्यावसायबाट राम्रो लाभ पनि लिन सकिन्छ । विभिन्न अवसरले पछ्याउनेछन्, स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । नँया काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाडी बढ्न सकिनेछ, दिन राम्रै छ ।

    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
    काम गर्न जाँगर चल्नेछ । उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ । दिन रमाइलो साथ बित्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ, धनको पनि लाभ होला । आटे गरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । ब्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ ।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
    बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ । टाढाको यात्राको पनि सम्भावना रहेको छ । गरेका कामबाट राम्रै लाभ मिल्नेछ । यात्राको लागि एकदम राम्रो समय रहेको छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ । साथीभाइसँग भेटघाट पनि होला ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
    आज तपाइको अनावश्यक रुपमा पैसा खर्च हुनेछ । काम गर्नमा खासै मन नजाला । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । ब्यापार ब्यवसायमा घाटा बेहोर्नु पर्ला, सावधान रहनु होला । समय त्यति राम्रो छैन, गलत विचार बढ्ने छ । समयमा सहि निर्णय गर्न सकिदैन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल
    निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल
    यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.