पोखरा महानगरपालिकाले फिर्केखोलाको मापदण्द पहिचाहन गर्न गठन गरेको प्राविधिक समितिले प्रतिवेदन बुझाएको छ ।
फिर्केखोला नापजाँच सम्बन्धी प्राविधिकप्रतिवेदन समितिको तर्फबाट प्राविधिक समितिका संयोजक वासुदेव पौडेलले नगर प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जु देवि गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्याम कृष्ण थापालाई बुझाएका हुन ।
‘फिर्केखोलाकोे खोलाघर नापजाँच प्रतिवेदन–२०८०’ मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत सहित सम्बन्धित वडाका वडा अध्यक्षहरू दिवसमान प्रधानाङ्ग–२, देवकृष्ण पराजुली–४, विष्णु प्रसाद बराल–५, विष्णु बहादुर भट्टराई–६, राममोहनआचार्य–७, रुद्रनाथ बराल–८, राधिकाकुमारी शाही योगी–१७ र शिवप्रसाद तिमिल्सीना–१८ को उपस्थितिमाा बुझाइएको प्रविधिक समितिका संयोजक पौडेलले बताए ।
प्रतिवेदनबुझ्दै प्रमुख आचार्यले फिर्केखोलाका सम्बन्धमा प्राविधिक नापजाँच सहितको एक महत्वपूर्ण दस्तावेज तयार भएको बताउँदै यसको कार्यान्वयनका लागि महानगरपालिकाको कार्यपालिकाको बैठक डाकेर आवश्यक निर्णय गर्ने बताए ।
मेयस आचार्यले सरोकारवालाहरुसँग समन्वय गरि यस माथी बनेका मापदण्ड विपरितका संरचनाहरु हटाइने बताए । उनले भने,‘समितिले तयार पारेको प्रतिवेदवका वारेमा आवस्यक निर्णय गरेर दिगो पर्यटन विकास परियोजना अन्तरगत फिर्के कोरिडोर निर्माणसंगै यसको संरक्षण, सम्बद्र्धन र विशेष सौन्दर्यीकरण गर्ने छौं ।’
उपप्रमुख मन्जुदेवी गुरुङले फिर्केखोला माथी बनेका संरचनाहरु हटाउने कार्यमा आम पोखरेलीको साथ र सहयोग रहने बिश्वास ब्याक्त गरिन । उनले महानगरपालिकाले प्रतिवेदनका आधारमा खोलासहित वरिपरी निर्माण भएका घर खाली गर्ने बताउँदै यसको संरक्षणका लागि तत्कालै काम गर्नुपर्ने बताइन ।
प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले सार्वजनिक सम्पतिको दोहनलाई रोक्दै संरक्षण तथा विकासका गतिविधिहरु संचालन गरिने बताए । उनले फिर्केखोलाको प्राविधिक प्रतिवेदनमा उल्लेख भएका विषयहरुको कार्यान्वयनका लागि प्रशासनिक संयन्त्रका रुपमा पोखरा महानगर तयार रहेको बताए ।
समितिका संयोजक वासुदेव पौडेलले प्रतिकुल मौषम र भौगोलिक कठिनाइका बाबजुत पनि खोलाको नापजाँच कार्य सम्पन्नगरि प्रतिवेदनतयार गरिएको बताए । उनले नापजाँचका क्रममा खोला माथी स्थायी र अस्थायी प्रकृतिका १६० संरचनाहरु निर्माण भएको पाइएको बताए ।
संयोजक पौडलका अनुसार फिर्केखोलानै मिचेर ९७ वटा अस्थायी संरचना र ३५ वटा स्थायी संरचना निर्माण गरेको पाइएको छ । खोलामाथी १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचनाहरु निर्माण गरिएका छन् ।
साबिक ग्यारजातीदेखि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिकाको वडा नं.१८,२,४,५,७, ८,६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ ८ किलोमिटर रहेको छ । यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नाप जाँचका क्रममा पाइएको छ ।
खोलाको उचाइ ४ देखी ९ मिटरसम्म गहिरो रहेको पाइएको छ । फिर्केखोलाको प्राविधिक नापजाँच पछि यकिन गरिएको खोला घरको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ वटा गरि ५८८ सिमा स्तम्भहरु गाडिएका छन् ।
प्रतिवेदनअनुसार फिर्केखोला माथि २५ वटा पुल तथा कल्भर्टहरु रहेका छन् । यसको नापजाँच कार्य ३२ दिनसम्म २८८ घण्टामा सम्पन्न गरिएको हो ।
फिर्के तथा बुलौदीखोला हुदैँ फेवा तालसम्म पुगेका प्लाष्टिक जन्य फोहोर तथा सिसा र बिषाक्त रसायनका कारण प्राणीको जीवन संकटमा पर्नुका साथै मानव जीवनमा समेत घातक प्रकृतिका जटिल रोगहरुको जोखिम बढ्ने गरि वातावरणिय प्रदुषण भैरहेको प्रतिवेदनमा उल्लेख छ ।
खोलामा फोहोर फ्याँक्ने डम्पिङ बन्दै गैरहेकाले तत्काल यसको संरक्षण र विकासका लागि लक्षित परियोजना सञ्चालन नगर्ने हो भने कालान्तरमा यसको अस्तित्व नै समाप्त हुने सम्भावना रहेको प्रतिवेदनले देखाएको छ ।
खोलामा बग्ने बिषाक्त पानीका कारण वरिपरिको कृषिउत्पादनमा ह्रास आइरहेको र खाद्यसंकटको सम्भावना रहेको, खोलामा मापदण्ड विपरित पक्की संरचनाहरु निरन्तर निर्माण भैरहेकाले खोलाको हरियालीमा ह्रास आएको, शहरी ताप मानमा वृद्धि भइ जलवायु परिवर्तनका नकारात्मक प्रभाव मान वजीवन र वातावरणमा प्रत्यक्ष रुपमा देखिएको प्रतिवेदनमा उल्लेख छ ।

Related