• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्ने : जिसस प्रमुख पौडेल

  •    शुभेच्छा न्यूज  /६ आश्विन २०८०, शनिबार ११:१४ ,  प्रकाशीत
  • गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्ने : जिसस कास्की प्रमुख – पौडेल
    सीप हस्तान्तरण सशक्तीकरण नेस्ट ,पोखराको २१ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ।

    साधारण सभाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए । पौडेलले गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्ने भन्दै राज्यप्रती थप जबाफदेही हुनुपर्ने बताए ।

    आफ्नो कार्यक्षेत्रप्रती स्पस्ट हुनुपर्ने भन्दै पौडेलले गैरसरकारी संस्थाहरू सरकारका सहयोगी सहयात्री भएको हुँदा सरकारी निकायसंग प्रभाबकारी समन्वय गर्न आग्रह गरे ।

    कमिकमजोरीहरू निराकरण गर्दै आफुहरूले गैरसरकारी संस्थाको सबलिकरणमा जिल्ला समन्वय समितिले खेल्ने भुमिका सधै सहयोगी हुने उल्लेख गरे ।

    कार्यक्रममा गैर सरकारी संस्था महा संघ कास्कीका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा, गैर सरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष गोपाल खड्का, वैदेशिक रोजगार बोर्डका अधिकृत शिव रेग्मी, पोखरा महानगर पालिका सामाजिक बिकास अधिकृत गीता न्यौपाने, पोखरा महानगरपालिका वडा न ८ का वडा सदस्य तथा कार्यपालिका सदस्य पबित्रा केसि लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

    साधारण सभाले सूर्य प्रसाद न्यौपानेले पेश गरेको सचिबको प्रतिबेदन र संजय सुबेदीले पेश गरेको कोषाध्यक्षको प्रतिबेदन सर्बसम्मत रूपले पारित गरेको थियो।

    संस्थाका अध्यक्ष आनन्द कुमार पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब सूर्य प्रसाद न्यौपानेले गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.