• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको मणिपाल अस्पतालमा होहल्ला गरेको आरोपमा पक्राउ परेका डा.विक रिहा

  •    शुभेच्छा न्यूज  /९ आश्विन २०८०, मंगलवार १४:३२ ,  प्रकाशीत
  • पोखराको मणिपाल शिक्षण अस्पतालमा होहल्ला गरेको भन्दै पक्राउ परेका डा.दिनेश कुमार विक रिहा भएका छन्।

    सोमबार लमजुङको सुन्दरबजार –६ की ५७ वर्षीय सुकमाया दुरालाई श्वासप्रश्वास तथा ढाड दुख्ने समस्या सम्बन्धी बिरामी भई मणिपाल शिक्षण अस्पताल ल्याइएकोमा उनको उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरूले उपचारमा चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतक पक्ष र चिकित्सक पक्ष बिच विवाद सृजना भई होहल्ला सहित नाराबाजी भएको थियो ।

    सोही क्रममा चिकित्सकको पक्षबाट होहल्ला तथा नाराबाजीमा संलग्न डा. विकलाई समेत प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको थियो।

    उनलाई मङ्गलवार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर डा. मीन बहादुर गुरुङको रोहबरमा डा.गिरधारी शर्माको जिम्मा लगाई छाडिएको छ।

    मृतकको उपचारमा संलग्न रहेका चिकित्सकलाई कुटपिटमा संलग्न पोखरा –५ मालेपाटन बस्ने ३४ वर्षीय विनय गुरुङलाई नियन्त्रणमा लिइएको थियो।

    गुरुङलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

    उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आफन्तजन आक्रोशित बनेका थिए। उनीहरूले उपचारका क्रममा बिरामीको अवस्थाबारे कुनै जानकारी नदिइएको र अस्पतालकै लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.