• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न चीन सहमत

  •    शुभेच्छा न्यूज  /९ आश्विन २०८०, मंगलवार ११:०३ ,  प्रकाशीत
  • नेपाल र चीनबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि वातावरण बनाउने सहमति भएको छ।

    दुई देशका प्रधानमन्त्रीबीच छलफलपछि जारी संयुक्त वक्तव्यमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सन्तोषजनक रहेको जनाउँदै अन्तर्राष्ट्रिय उडानका लागि सहजीकरण गर्ने सहमति भएको उल्लेख छ।

    चीनकै ऋण सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल आन्तरिक (देशभित्र) उडान मात्रै भइरहेका छन्।
    अब अन्तर्राष्ट्रिय उडान पनि गर्ने वातावरण बनाउन चीन र नेपालबीच सहमति भएको हो।

    पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान चिनियाँ एयरलाइन्स सिचुवान एयरलाइन्सले छेन्दुबाट गरेको थियो। गत असार पहिलो हप्ता भएको ड्रागन बोट फेस्टिभलमा चिनियाँ चार्टड उडानमाफर्फत सिधै पोखरा आइपुगेका थिए। त्यसपछि भुटानको ड्रुक एयरले भदौ अन्तिम साता सिधा चार्टड उडान गरेको थियो।

    बुद्ध एयरले पोखराबाट भारतमा सिधा उडान गर्ने अनुमति मागे पनि अहिलेसम्म दिएको छैन। विमानस्थल उद्घाटनको १० महिना भए पनि अन्तर्राष्ट्रिय नियमित उडान हुन सकेको छैन।

    चिनियाँ एक्जिम बैंकको झण्डै २२ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण भएको यस विमानस्थल बैंकको ऋणमध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको बिनाब्याजको ऋण ब्यहोर्ने सर्तमा निर्माण भएको हो ।

    झण्डै ३७ सय रोपनी क्षेत्रफलमा निर्माण भएको विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को मामदण्डअनुसार ४ ‘डी’ मोडलमा निर्माण गरिएको छ ।

    यस विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० का जहाज अवतरण हुनेछन् । विमानस्थलको धावनमार्गको लम्बाइ २५ सय मिटर र रन वेको चौडाइ ४५ मिटर रहेको छ ।

    विमानस्थलका लागि सरकारले २०३२ मा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेको थियो । तर, त्यतिले नपुगेपछि ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो ।

    जुलाई २०२१ सम्ममा सञ्चालनमा ल्याउने लक्ष्क्षसहित निर्माण गरिए पनि बिश्वभर फैलिएको कोरोना संक्रमणका कारण डेढबर्ष पछि धकेलिएको यो विमानस्थलमा व्यावसायिक उडान हुन नसकेको अवस्थामा नेपाल र चीनबीच भएको सहमतिले आस जगाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.