कास्कीको माछापुच्छ्रेमा विगत १८ महिना देखी हराएका एक वृद्धको शव फेला परेको छ । माछापुच्छ्रे– ८ खोराको मुख बस्ने वर्ष ७० वर्षीय बुद्दीबहादुर बिकको शव १८ महिना पछि भेटिएको हो ।
माछापुच्छ्रे-७ कमेरे पानीस्थित जङ्गलमा रुखमा झुण्डिएको र सडेगलेको अवस्थामा बिकको शव फेला परेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।
सोमबार स्थानीयले झुन्डिएको अवस्थामा शव देखे पछि धम्पुस प्रहरी चौकीलाई खबर गरेका थिए । धम्पुस प्रहरी चौकी र वडा प्रहरी कार्यालय बगरबाट गएको अनुसन्धान टोलीले सो शब बरामद गरेको छ ।
मृतकको छोरा हितमान बिकले हिजो साँझ सनाखत गरे पछि उनको पहिचान भएको थियो । प्रहरीले थप अनुसन्धान सुरू गरेको छ ।

Related