पर्वतको कुश्मा खरेहा र चुवाको बिचमा रहेको तमादीखोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका मध्ये थप एक जनाको शव भेटिएको छ ।
शनिबार साँझ बागलुङबाट पोखरा आउँदै गरेको ग १ ज ६२१३ नम्बरको टाटा सुमो गाडी तमादीखोलामा एक्कासी आएको बाढीले बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएकोमा कास्कीको अन्नपुणर् गाउँपालिका-३ नौडाँडाका ३४ वर्षिय बिजय भन्ने माधव पौडेलको शव स्याङ्जामा भेटिएको छ ।
पौडेलको शव स्याङ्जाको गल्याङ नगरपालिको मिर्मिस्थित कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँधमा आज विहान
भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक केशब केसीले जानकारी दिए।
भेटिएको शवको परिवारले पहिचाहन गरेको उनले बताए । शव भेटिएको खबर पाएसँगै परिवार र आफन्तहरु मिर्मि पुगेका थिए ।
। मृत भेटिएका पौडेल पोखराको पृथ्वीनारायण क्याम्पसमा मानविकी संकाय चौथो वर्षमा अध्ययनरत थिए ।
बाढीमा गाडीसहित बेपत्ता भएका रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ का ३४ वर्षीय गोपाल बस्यालको शव भने सोही दिन फेला परेको थियो । बाढीमा बेपत्ता भएका बागलुङको ताराखोला गाउँपालिका ३ हिलका डम्मरबहादुर थापा भने अझै अज्ञात छन् ।
घटनास्थलमा सुरक्षाकर्मीले खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।
बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्वरको जीप शनिवार साँझ साढे ६ बजेतीर बाढीले बगाउँदा तीन पुरुष सहित गाडी समेत वेपत्ता भएको थियो ।

Related