• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल

  •    शुभेच्छा न्यूज  /१७ आश्विन २०८०, बुधबार ०९:०० ,  प्रकाशीत
  • असोज १७ गते बुधबार

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
    पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । बिना कारण आफन्तजनबाट टाढिनु पर्नेछ । माता पिताका बारेमा चिन्ता बढ्नेछ । विश्वास पात्रले धोका दिनेछन् । वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् ।

    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
    एक्लोपनाको अनुभूति हुनेछ । राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन् । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने देखिन्छ । सामाजिक प्रतिष्ठामा कमी आउनेछ । काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला । मानहानि वा अपजशको समेत सम्भावना छ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
    विद्यार्थीहरूमा पढाइ लेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् ।साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्नेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ । परोपकार र मङ्गलमय काम सम्पादन गरिएला । मान सम्मान पाइनेछ । मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    पेट र छाती सम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि अनुकूल समय छ । धेरै रोकिएका काम बन्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ । अतिरिक्त आम्दानी बढ्नेछ । मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
    नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्य गरिनेछ । आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्नेछ । उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ । अनुकूल स्थानान्तरणको पनि योग छ । आफन्तजनसँगै मनमुटाव बढ्न सक्छ ।

    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
    स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । झुटा आरोप आइलाग्नेछन् । बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय निकै अनुकूल देखिन्छ । सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन् । कृषि र व्यवसायमा उन्नति हुनुका साथै मनग्ये धन कमाउने अवसर जुट्नेछ ।

    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
    साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । शिक्षामा राम्रो प्रगति हुनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ । घर जग्गा जोड्ने मौका छ । विशेष अध्ययनका लागि विदेश यात्रासम्मको योग छ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिने समय छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । व्यापार व्यवसाय विस्तार हुनेछ । विश्वासमा पारेर धोका दिनेहरूले सताइरहनेछन् । रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । पठन पाठनमा पनि प्रगति हुनेछ । सोच्ने शक्ति बढ्ने छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् ।

    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
    स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । सामाजिक प्रतिष्ठा बढ्नेछ र मान सम्मान पाइनेछ । जीवन साथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ । सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ । घरमा सामान्य मनमुटाव होला ।

    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
    स्थायी सम्पत्ति जोड्ने समय छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । बुद्धि विवेकको उपयोग गर्न नसकिएला । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ । शक्तिमा अंकुश लाग्नेछ । सन्तानबाट लाभ र सुख मिल्नेछ । दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन् ।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
    कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । मान सम्मान पनि पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउनेछन् ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
    स्थापित व्यवसाय, कृषि कर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । बिना कारण अनेक चुनौती सामना गर्नुपर्ला । आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन् । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ । पढाइ लेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । विभिन्न अवसरले पछ्याउने छन् ।

    राशिफल

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल
    निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल
    यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.