कास्कीको अन्नपूर्ण किम्रोङखोला पहिरोले थुनियो, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
तपाईको प्रतिक्रिया





पहिरोले थुनिएको कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रोङ खोलाको पानी बिस्तारै बग्न थालेको छ ।
थुनिएको खोलाको छेउबाट आफैं विस्तारै पानी बग्न थालेकाले अन्नपूर्ण गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ७ का वडाध्यक्ष भरतमान गुरुङले जानकारी दिए ।
विस्तारै पानी बग्न थालेपछि जोखिम कम हुँदै गएको गुरुङले बताए । खोलामाथिबाट पहिरो आएपछि किम्रोङ खोला शनिबार राती ९ बजेदेखि पहिरोले खोलामा पानी थुनिएको थियो ।
गएराति पहिराले थुनिएको किम्रोङखोला १५ घण्टापछि बिस्तारै बग्न थालेकाले एक्कासि फुटेमा क्षति हुने सम्भावना भएकाले सबैलाई सुरक्षित रहन आग्रह गरेका छन ।
किम्रोङखोला वडा नं ७ र ११ को सिमाना झिनोडाँडामा आएर मोदी नदीमा मिसिन्छ । मोदी खोला आसपासका अन्नपूर्णका वडा नं ११, १०, ८ र ७ का नदीको तटीय क्षेत्रमा बसोबास गरेकाहरुलाई सतर्क र सुरक्षित रहन आग्रह गरिएको गुरुङले बताए ।
Related