• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सूर्यदर्शन सहकारी ठगी प्रकरण: कोषाध्यक्ष कुमार रम्तेल कारागार चलान

  •    शुभेच्छा न्यूज  /२१ आश्विन २०८०, आईतवार १९:४५ ,  प्रकाशीत
  • पोखराको सूर्यदर्शन सहकारीको ठगी मुद्दामा पक्राउ परेका कुमार रम्तेललाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा राख्नआदेश दिएको छ ।

    जिल्ला न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले सूर्य दर्शन सहकारीका कोषाध्यक्ष रम्तेललाई थुनामा राख्न आइतबार आदेश दिएको हो ।

    जिल्ला अदालतमा दर्ता भएको मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालालाई दिलाउन माग गरिएको छ । यो सहकारी गितेन्द्र (जीबी) राईको समूहले खोलेको थियो ।

    बचतकर्ताको रकम हिनामिना गरेको भन्दै जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले गत भदौ २४ गते पक्राउ पुर्जी जारी गरेको थियो । त्यसको भोलिपल्टै सूर्यदर्शनका कोषाध्यक्ष रम्तेल पक्राउ परेका थिए । पक्राउ पुर्जी जारी भएका जिबी राई, शिवबहादुर गुरुङ, महेन्द्र भोटे सहित १८ जना अझै फरार छन् ।

    प्रहरी लामो अनुसन्धानपछि १६ असोजमा सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको थियो भने सरकारी वकिलको कार्यालयले विहिवार जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।

    जिल्ला अदालतले बचतकर्ताले जम्मा गरेको रकम फिर्ता गर्न नसकी सहकारी बन्द भएको स्वीकार गरेको, जाहेरी, घटना विवरण र नियामक निकायको विश्लेषणात्मक प्रतिवेदलाई समेत आधार मानी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

    फरारलाई तत्काल पक्राउ गर्न सहकारीका बचतकर्ताले प्रहरीलाई दबाब दिएका छन् । फरार प्रतिवादीलाई पक्राउ गर्न प्रहरी निरीक्षकको नेतृत्वमा सादा पोशाकमा विशेष टास्कफोर्स नैै खटाइएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

    पक्राउ पुर्जी जारी भएपछि सहकारीका पूर्व अध्यक्ष जीबी राई, भूपेन्द्र, कोषाध्यक्ष कुमार रम्तेल, अहिलेका अध्यक्ष तथा व्यवस्थापक समेत रहेका थानबहादुर बुढा, सञ्चालक शिवबहादुर (महेन्द्र भोटे), कैलाश दर्लामी, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, भविश्वेर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ फरार छन् ।

    लेखा अधिकृत सृष्टि मानन्धर, ऋण अधिकृत बुद्धि गुरुङविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनीहरु पनि परार रहेको प्रहरी भनाइ छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.