पोखराको लेकसाइडस्थित एक होटेलबाट हामफालेका एक चिनियाँको मृत्यु भएको छ।
लेकसाइडस्थित एक होटलको तेस्रो तलाबाट हामफालेका ४१ वर्षीय चिनियाँ पर्यटक सन ग्याङको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।
ग्याङले बिहीबार राति आफू बसेको होटेलको तेस्रो तलाबाट हाम फालेका थिए। उनलाई लगत्तै उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा पुर्याइएको थियो।
हाम फाल पछि गम्भीर घाइते भएका उन उपचारको क्रममा शुक्रबार दिउँसो निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।
उनको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । मादक पदार्थ सेवन गरेर उनले होटेलको भर्याङमा रहेको आल्मुनियमको झ्यालबाट हाम फालेको प्रहरीले जनाएको छ ।
उनको टाउको र ढाडमा भित्री चोट, लागेको अवस्थामा गम्भीर घाइते भएका थिए।प्रेमिका र साथीसँग मादक पदार्थ सेवनका क्रममा विवाद भएपछि उनले हामफालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
मृतक ग्याङसहित तीन जना चिनियाँ गत असोज २ गतेदेखि सोही होटेलमा बस्दै आएका थिए।
ग्याङको मृत्युबारे प्रहरीले परिवारलाई जानकारी गराइसकेको छ। उनको शव पोस्टमार्टमका लागि प्रतिष्ठानमा राखिएको छ।

Related