• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मातृ शिशु स्वास्थ्यका लागि अविछिन्न हेरचाह परियोजनाको प्रशिक्षण

  •    शुभेच्छा न्यूज  /१ कार्तिक २०८०, बुधबार १९:४५ ,  प्रकाशीत
  • पोखराको बाटुलेचौरस्थित रहेको मातृशिशु मितेरी अस्पतालका ७ जना स्वास्थ्यकर्मीलाई मातृ शिशु स्वास्थ्यका लागि अविछिन्न हेरचाह परियोजना तालिम प्रदान गरिएको छ ।

    आमा र बच्चाको दिगो स्वास्थ्यलाई प्राथमिकतामा राखेर आयोजना गरिएको मातृ शिशु तालिमबाट सात जना स्वास्थ्यकर्मीले प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणपत्र प्राप्त गरेका हुन् ।

    जाईका पार्टनरसिप प्रोग्राम (जेपीपी) अन्तर्गत पोखरा कोमागाने नागरिक मैत्री एसोसियसन (पिकेसीएएफ) बीच सम्झौता भइ संचालन गरिएको परियोजनामा पहिलो र दोस्रो चरणको कार्यक्रम पश्चात तेस्रो चरणमा सात जनालाई सहभागि गराई प्रशिक्षक प्रशिक्षणको प्रमाणपत्र प्रदान गरिएको परियोजनाका व्यवस्थापक उषा बरुवालले जानकारी दिइन ।

    उनले भनिन,‘नेपालमा मातृ तथा बाल मृत्युदर घटाउँदै उनीहरुको दिगो स्वास्थ्यका लागि सञ्चालित परियोजनाले दक्ष जनशक्तिबाट प्रभावकारी सेवा प्रदान गर्नका लागि स्तन हेरचाह कार्यक्रम केविएम (कवाते ब्रेस्ट मसाज) पद्धति अवलम्बन गरेका छौ।’

    उनले स्तन हेरचाहका सम्बन्धि विशेष तालिममा महिलालाई सुत्केरी अवस्थामा स्तनमा देखिने समस्यालाई कसरी कम गर्ने र बच्चालाई सहि तरिकाले कसरी स्तनपान गराउने, लगायत स्तनमा देखिएका समस्यालाई कसरी निको बनाउने भन्ने विषयमा जापानका साचि कवाटे र विनु सानले तालिमको सहजिकरण गरेको बताइन ।

    समापन समारोहमा मातृशिशु मितेरी अस्पतालका मेडिकल सुपरिटेन्ट एवं स्त्रीरोग विशेषज्ञ डा. धर्मदेव ढकालले सहभागिलाई प्रमाणपत्र प्रदान गर्दै सिकेको ज्ञानलाई प्रभावकारी रुपमा व्यवहारमा उतार्न आग्रह गरे ।

    यस तालिमबाट अधिकतम सुत्केरी तथा गर्भवती महिला लाभान्वित हुने जनाउँदै मितेरी अस्पताललाई उत्कृष्ट अस्पतालको रुपमा लैजानको लागि प्रभावकारी नागरिक मैत्री सेवामा जोड दिइएको उनको भनाइ थियो ।

    तालिममा सहभागिको तर्फबाट आफ्नो अनुभव राख्दै मेलिसा राना र सृजना गौतमले आफुले सिकेको सिप र ज्ञान अरुलाई सिकाउँदा थप जिम्मेवारीको महसुस भएको जनाउँदै अरु स्वास्थ्यकर्मीमा यो ज्ञानलाई हस्तान्तरण गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरिन ।

    उनीहरुले देख्दा सामान्य लाग्ने तर भोग्नेलाई निकै पीडा हुने स्तन गानिने, निप्पल भित्र पसेर स्तनपान गराउन नसक्ने लगायत सुत्केरी, गर्भवती अवस्थाको हेरचाहको बारेमा कसरी ध्यान दिने कसरी स्तनका समस्यालाई निर्मुल पार्ने भन्ने विषयलाई व्यवहारिक पक्षबाट सुक्ष्म तरिकाले सिकेर सिकाउने अवसर प्राप्त भएको अनुभव सुनाएका थिए ।

    कार्यक्रममा कवाते ब्रेष्ट मसाज तालिममा सहभागि निशा ढकालले सात दिन सम्म चलेको प्रशिक्षक प्रशिक्षण तालिमको सैद्धान्तिकोसाथै व्यवहारिक अभ्यास र सेवाग्राहीसँग गरिएको कुाराकानीलाई संक्षेपिकरण सहितको प्रस्तुति राखेकी थिइन ।

    कार्यक्रममा पोखरा महानगरपालिकाका नर्सिङ निरिक्षक सविना श्रेष्ठले आमा र बच्चाको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको यस विषयलाई नेपाल सरकारसँग सहकार्य गरेर लैजादा थप प्रभावकारी भएको धारणा राखिन ।

    नेपाल डेमोग्राफिक हेल्थ सर्भेका अनुसार २८ दिनको १ हजार बच्चामा २१ जनाको मृत्यु , १ वर्ष मुनिको एक हजारमा २८ जनाको र पाँच वर्ष मुनिको एक हजारमा ३३ जनाको बालमृत्यु दरको तथ्यांक रहेको छ ।

    मातृमुत्युदर एक लाखमा १ सय ५१ जना महिलाले ज्यान गुमाउने गरेको तथ्यांक छ । यस परियोजनाले मातृ तथा बाल मृत्युदरलाई घटाएर लैजान सहयोग पुग्ने विश्वास गरिएको छ ।

    समापन समारोहमा पोखरा कोमागाने नागरिक मैत्री एशोसियशन जापानका सचिव कोमात्सु सान र नेपालका अध्यक्ष शान्ति शेरचन, प्रशिक्षक प्रशिक्षणको तालिम लिएकाहरुले आफ्नो ज्ञान र सीपलाई विस्तार गरी धेरै माझ पुर्याउन आग्रह गरेका थिए ।

    जापानको तर्फबाट परियोजना व्यवस्थापक तेरोमी किताहारा, परियोजनाका कियोको सान, सातोमी सान लगायतको विशेष उपस्थिती रहेको र उनिहरुले तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरेको परियोजनाका सल्लाहकार एवं कार्यक्रम सञ्चालक सविता ढुंगानाले जानकारी दिइन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.